कला

माया गर्नेलाई शिवको कोसेली ‘जिन्दगी तिम्रो र मेरो गीत’

इकागज |
फागुन ३, २०७७ सोमबार ११:१५ बजे

काठमाडौं : प्रणय दिवसको अवसर पारेर प्रेमिल गीत ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ । माया गर्नेहरूका लागि समर्पित गरिएको गीतको शब्दले प्रेमभाव व्यक्त गर्छ । फेब्रुअरी १४ मा सार्वजनिक गरिएको गीतमा दुई पुस्ताको प्रेम दुनियालाई देखाइएको छ ।

पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल , इन्जामम अलि खान , सुप्रिया खनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ पनि देखिएका छन । 


सार्वजनिक गीतमा हरिभक्त बुढाथोकीको शब्द , दीपक सिलवालको संगीत रहेको छ भने यसमा शिव परियार र बानिका प्रधानले स्वर दिएका छन् । गीत बनेको शब्दलाई संगीतको मिठास अनुसार नै शिव र बानिकाले स्वर राखेका छन् । भिडियोलाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका छन् । गीतको भिडियोलाई शब्दको भाव अनुसार तयार गर्ने कोशिस गरेको निर्देशक भट्टराईले बताए । 

‘हामीले पुस्तान्तरण भए पनि जिन्दगीमा रहने प्रेमको महत्वलाई देखाउने प्रयास गरेका छौँ ’ निर्देशक भट्टराईले भने ,‘गीतमा दुई पुस्ताको प्रेम प्रतिको समर्पण पनि देखाइएको छ ।’ गीतको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । उनले पनि कोरियोग्राफीलाई शब्दको भाव अनुसार नै सरल किसिमले प्रस्तुत गरेको बताइन । 

गीतमा पासांग टि शेर्पाको आर्ट निर्देशन , महेश पौडेलको छायांकन , कृष्ण भण्डारीको कलर करेक्सन , दीर्घ खड्काको सम्पादन , रिवाज कार्कीको भिएफएक्स रहेको छ ।

 


Author

थप समाचार
x