कला

एलिजाको ठाउँमा लक्ष्मी लिँदै ‘घिन्ताङ’को घोषणा

इकागज |
फागुन ४, २०७७ मंगलबार १४:४१ बजे

गौरव र लक्ष्मीका साथ निर्देशक दीपक श्रेष्ठ

काठमाडौं : लामो समयपछि निर्देशनमा फर्किएका दीपक श्रेष्ठले मुख्य भूमिकामा एलिजा गौतम र गौरब पहारीलाई  लिँदै ‘घिन्ताङ’ बनाउने घोषणा गरेका थिए । दोस्रो फिल्मको खोजीमा व्यग्र रहेकी एलिजाले सम्झौता गर्दाको फोटो आफैं सार्वजनिक गर्दै नयाँ फिल्मका लागि  उत्साहित रहेको बताएकी थिइन् ।

तर, सुटिङको समय नजिकिँदै जाँदा उनको उत्साह ठन्डा भयो । केही दिन अघि उनले फिल्म छाडेको खबर आयो । मंगलबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गर्दा एलिजाको ठाउँमा लक्ष्मी बर्देबा देखिइन । 


मन्दिरा मधुश्रीको कथा ‘मासुको मूल्य’मा आधारित कथाले जिविकाका लागि मादल बजाउने युवाको गरिबीको कथा प्रस्तुत गर्छ । फिल्ममा गौरब पहारीले शीर्ष चरित्र निर्वाह गर्नेछन् ।

पछिल्लो समय ‘रङ वे’ चलचित्र बनाएका निर्देशक श्रेष्ठले आफूले बनाएका दुई दर्जन चलचित्रमध्ये ‘घिन्ताङ’ बिल्कुलै फरक कथामा बन्न लागेको जनाएका छन् । फागुनको दोस्रो साताबाट फ्लोरमा जाने भनिएको फिल्मको काठमाडौं र चित्लाङमा सुटिङ हुने जानकारी गराइएको छ । फिल्मका निर्माता राज लामा हुन् । 
 


Author

थप समाचार
x