कला

भारतका फिल्म समीक्षककाे नजरमा मनोज बाजपाई र तिलोत्तमा सोमे उत्कृष्ट

इकागज |
फागुन ४, २०७७ मंगलबार १५:४१ बजे

मुम्बई : फिल्म, सिरिज र सर्ट फिल्म गरी तीन विधामा बाँडिएको क्रिटिक्स च्वाइस अवार्डमा उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड क्रमशः मनोज बाजपाई र तिलोत्तमा सोमेले जितेका छन् । सोमबार साँझ गरिएको घोषणामा मनोज बाजपाईले ‘भोसले’ र तिलोत्तम सोमेले ‘सर’बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका हुन् । 

फिचर फिल्म विधातर्फ  उत्कृष्ट फिल्मको अवार्ड भने ‘इब आले ओ..’ले जित्यो । यही फिल्मका निर्देशक प्रतीक भाट्सले उत्कृष्ट निर्देशकको अवार्ड जिते । सहायक अभिनेता र अभिनेत्री तर्फको अवार्ड भने क्रमशः पंकज त्रिपाठी र साइ पल्लभीले जिते । पंकजले ‘गुञ्जन सक्सेना’बाट यो अवार्ड जिते भने साइले ‘पाभा कधाइगल’बाट यो अवार्ड जितिन् ।


उत्कृष्ट लेखनको पुरस्कार ‘आयाप्पनम कोशियम’का लागि सचीको पोल्टामा गयो भने छायांकन ‘बुलबुल’ खिचेका सिद्धार्थ दिवानले जिते । सम्पादनको अवार्ड ‘सि यु सुन’का लागि महेश नारायणले जिते । लैंगिक संवेदनशीलताको अवार्ड ‘थप्पड’ले पायो । 

सिरिजतर्फ बाँडिएका ६ अवार्डमा ‘स्क्याम १९९२ ः हर्सद मेहता स्टोरी’ र ‘पाताल लोक’को वर्चस्व रह्यो । ‘स्क्याम १९९२ ः हर्सद मेहता स्टोरी’ले उत्कृष्ट सिरिज, अभिनेतामा प्रतीक गान्धी र लेखनमा सुमीत पुरोहित, सौरभ दे र वैभव विशाल र करन ब्यासलाई अवार्ड दिलायो । यसैगरि, ‘पाताल लोक’ले उत्कृष्ट सहायक अभिनेता र अभिनेत्रीको अवार्ड जित्यो । सिरिजबाट अभिषेक बनर्जीले अभिनेता र स्वस्तिका मुखर्जीले अभिनेत्रीको अवार्ड जिते । 

सर्ट फिल्मतर्फ भने ‘बेबाक’ उत्कृष्ट फिल्म घोषित भयो भने यही फिल्मका निर्देशक साजिया इकबाल उत्कृष्ट निर्देशक घोषित भए । उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड भने आदिल हुसेन र अमरुता सुभासले जिते । ‘मिल’का लागि आदिल हुसेन र ‘दि बुथ’का लागिअमरुता सुभासलाई क्रिटिक्स च्वाइस अवार्डको जुरीले योग्य ठाने । फिल्म समीक्षक अनुपमा चोपडा अध्यक्ष रहेको क्रिटिक्स च्वाइस अवार्डको यो तेस्रो संस्करण हो । 


Author

थप समाचार
x