कला

‘प्रकाश’ बन्दै प्रदीप, पर्दामा बन्नेछन् शिक्षक

इकागज |
फागुन ४, २०७७ मंगलबार १६:५२ बजे

'प्रकाश'को घोषणा कार्यक्रममा दिया मास्के, प्रदीप खड्का र रेनु योगी

काठमाडौं :  ‘प्रेम गीत ३’ रिलिजलाई थाँती राख्दै प्रदीप खड्काले ‘प्रकाश’को सुटिङ थाल्ने भएका छन् । उनको मुख्य भूमिका रहने भनिएको ‘प्रकाश’को मंगलबार औपचारिक घोषणा गरिएको छ । फिल्ममा उनले शिक्षक बन्न चाहाने एक युवाको भूमिका निर्वाह गर्नेछन् ।

कर्णाली प्रदेशमा सुटिङ हुने फिल्मका लागि उनले खस भाषा बोल्ने तयारी पनि गरेको चर्चा छ । प्रदीपसँगै फिल्ममा दिया मास्के रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, नीरज पन्थी, पवित्रा खड्का आदि कलाकारको पनि अभिनय रहने जानकारी गराइयो ।


नाटकको पृष्ठभूमिबाट आएकी रेनुको भने यो डेब्यु फिल्म हो । मण्डलामा मञ्चन भएका ‘मितज्यू’सँगै केही नाटकमा अभिनय गरेकी रेनुले फिल्ममा प्रदीपको जोडीको रुपमा अभिनय गर्नेछिन् ।

निर्माण टिमले अडिसनबाट उनलाई छानेको हो । फिल्ममा कास्टिङ निर्देशकको जिम्मेवारी अनुप बरालले निर्वाह गरेका थिए । जुम्लाको पृष्ठभूमिमा लेखिएको कथामा बन्न लागेको फिल्मलाई दिनेश राउतले निर्देशन गर्न लागेका हुन् । फिल्मको पटकथा भने विकास सुवेदीले लेखेका हुन् । 

राजेश श्रेष्ठको छायांकन रहने फिल्ममा ताराप्रकाश लिम्बू, एलिस कार्की र दीपक शर्माको संगीत रहनेछ । फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्न लागेका हुन् । 


Author

थप समाचार
x