कला

लाकोजूको ‘स्वर्णिम धुन’ र ‘आसामको स्पर्श’ सार्वजनिक

इकागज |
फागुन ७, २०७७ शुक्रबार १७:८ बजे

काभ्रे :  साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ मुक्तक सङ्ग्रह ‘स्वर्णिम धुन’ र नियात्रा सङ्ग्रह  ‘आसामको स्पर्श’ हालै प्रकाशित भएको  छ । नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूको विधागत दृष्टिले यो उनको चौथो मुक्तक सङ्ग्रह हो भने नियात्रा सङ्ग्रह भने पहिलो हो ।

‘स्वर्णिम धुन’का अतिरिक्त उनका ‘भावनाका फूलहरू’, ‘फूलहरूको मेला’, ‘शाश्वत स्वरहरू’ गरी अन्य तीनओटा अन्य मुक्तक सङ्ग्रहहरू पनि प्रकाशित छन् । 
कवि सूर्यप्रसाद लाकोजूको ‘स्वर्णिम धुन’ मुक्तक सङ्ग्रहमा जम्मा १०१ ओटा मुक्तकहरू रहेका छन् । मुक्तकहरू देशप्रेम, राजनैतिक तथा सामाजिक विकृति तथा बेथिति, प्रेम र प्रणय जस्ता विषयमा रचिएका छन् ।


त्यस्तै उनको नियात्रा सङ्ग्रह  ‘आसामाको स्पर्श’मा नियात्राकारले भारतको आसामको साहित्यिक भ्रमण गर्दाको सन्दर्भहरू उल्लेख गरेका छन् । नियात्रा सङ्ग्रहमा आसामको रहनसहन, भौगोलिक अवस्थिति, संस्कृति, चालचलन आदिका बारेमा उल्लेख गरेका छन् । 

 नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूका मुक्तक, कविता, गीत, हाइकु, सांस्कृतिक निबन्ध, नियात्रा लगायतका डेढ दर्जन कृति प्रकाशनमा आएको छ ।


Author

थप समाचार
x