कला

धमाधम प्रदर्शन मिति तोक्दै हिन्दी फिल्म, कुन मितिमा  कुन फिल्म ?

इकागज |
फागुन ८, २०७७ शनिबार १३:१४ बजे

मुम्बई :  कोरोना भाइरसको डरका कारण प्रदर्शन रोकेका हिन्दी फिल्मले धमाधम प्रदर्शन मिति सार्वजनिक गर्न थालेका छन् । भारत सरकारले शत प्रतिशत अकुपेन्सीका साथ हल खोल्न दिने निर्णय गरेसँगै निर्माताले प्रदर्शन मिति तय गरेका हुन् । 

वर्षेनी १५\२० फिल्म निर्माण गर्ने यशराज फिल्मले सबैभन्दा पहिला यसको सुरुवात गरेको थियो । उसले एक साथ ५ फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्दै बोहनी गरेको थियो । यो स्लेटमा अक्षय कुमार , रनवीर कपुर, रनवीर सिंह आदिका फिल्म  छन् ।


यशराजले गरेको हिम्मतलाई पछ्याउँदै बाँकी निर्माताले पनि फिल्म रिलिज गर्ने घोषणा गरेका छन् । एक हप्ता भित्र मात्र ठूलासाना गरी दर्जन बढी फिल्मले हलमा आउने मिति तोकेका छन् । जसमा बहुप्रतीक्षित मानिएका ‘सूर्यवंशी’ र ‘८३’ जस्ता फिल्म पनि सामेल छन् । 

बलिउडमा एकै वर्षमा सबैभन्दा धेरै फिल्म रिलिज गर्ने कीर्तिमान अक्षय कुमारले राख्दै आएका छन् । नभन्दै यो साल पनि उनी अभिनित चार फिल्मले प्रदर्शन मिति तोकिसकेका छन् । ‘सूर्यवंशी’ बाहेक उनी अभिनित ‘पृथ्वीराज’, ‘बेलबटम’, ‘अतरंगी रे’ यही साल प्रदर्शनमा आउनेछन् । 


अहिलेसम्म घोषणा भएका हिन्दी फिल्मको सूची र प्रदर्शन मिति यस प्रकार रहेको छ । 


यशराज फिल्मका ५ फिल्म 

सन्दीप और पिंकी फरार – मार्च १९ ( चैत १६)
बन्टी और बब्ली २ –अप्रिल २३ ( वैशाख १०) 
शमशेरा  –    जुन २५ (असार ११) 
जयेशभाइ जोरदार – अगस्ट २७ ( भदौ ११) 
पृथ्वीराज – नोभेम्बर ५ (कार्तिक १९) 
अक्षयकुमारका तीन फिल्म 
बेलबटम – मे २८ (जेठ १४)
अतरंगी रे – अगस्ट ६ ( साउन २२) 
सूर्यवंशी – अप्रिल २ ( चैत २०, अनुमानित) 
अन्य फिल्म 
जर्सी – नोभेम्बर ५ (कार्तिक १९)
आरआरआर –अक्टोबर १३ (असोज २७)
मैदान – अक्टोबर १३ (असोज २७)
शेरशाह – जुलाई २ (असार १८)
राधे– मे १३ (वैशाख ३०) 
सत्यमेव जयते – मे १३ (वैशाख ३०)
८३ – जुन ४ ( जेठ २१) 
चन्डीगढ करे आशिकी– जुलाई ९ (असार २५)
झुन्ड– जुन १८ (असार ४)


Author

थप समाचार
x