कला

अन्तिम रोजाइमा रहेकी एनीले कसरी पाइन् ‘दि डेभिल वेयर्स पर्दा’ ?

इकागज |
फागुन ८, २०७७ शनिबार १६:४४ बजे

लसएन्जल्स : एनी हाथवे हलिउड फिल्म उद्योगमा कडा अभिनेत्रीको रुपमा चिनिन्छिन् । योसँगै चाहेको कुरा पूरा गरिछाड्ने पनि उनको बानी छ । एनी हाथवेले हालसालै आफ्नो यही स्वभावसँग मिल्दोजुल्दो घटनाको बारेमा उल्लेख गरेकी छिन् । 

एनीका अनुसार उनले ‘दि डेभिल वेयर्स पर्दा’ मा लामो संघर्षपछि एन्डी साचको भूमिका प्राप्त गरेकी थिइन् । मेरिल स्ट्रिपको अपोजिटमा रहेको सो भूमिकाका लागि एनी पहिलो होइन नवौं नम्बरको रोजाइमा थिइन् । 


एनीले एउटा रेडियो सोको दौरान यसको खुलासा गरेकी हुन् । रेडियो प्रस्तोताले ‘के तपाईंले कुनै रोलका लागि एकदमै मेहनत गर्नु भएको थियो ?’ भन्ने प्रश्नको जवाफमा उनले ‘दि डेभिल वेयर्स पर्दा’का लागि आफू निर्माता÷निर्देशकको रोजाइको नवौं नम्बरमा रहेको बताएकी हुन् । ‘ म नवौं नम्बरमा थिएँ । तर मैले पाएँ । आश कहिलै मारिनँ । बसिरहेँ,’ एनीले भनिन् । 

यो फिल्मका लागि पहिलो रोजाइमा राचेल म्याकआडम्स थिइन् । ‘नोटबुक’ र ‘मिन गल्र्स’को सफलतापछि शिखरमा रहेकी उनलाई निर्माण कम्पनीले फिल्ममा लिन लागेको थियो तर उनले अस्वीकार गरेकी थिइन् । उनीबाहेक जुलिटे लेविस र क्लेरे डानेसले पनि अडिसन दिएका थिए । उनले पछि भेराइटीसँगको अन्तर्वार्तामा पनि आफूलाई धैर्यताका साथ प्रतीक्षा गरेकै कारणले सो रोल पाएको बताएकी थिइन् ।
 


Author

थप समाचार
x