कला

जाडोलाई चुनौती दिने साम्राज्ञी र पुष्पको हट फोटो

इकागज |
फागुन ९, २०७७ आइतवार १७:१० बजे

काठमाडौं : ‘तिम्रो मेरो साथ’ को सुटिङ केही दिन अघि पोखरामा सकियो । ३३ दिन निरन्तर सुटिङ गरेको फिल्मको पोखरामा अन्तिम दृश्यहरू सुटिङ गरिएको थियो । केही दृश्यसँगै गीतको सुटिङ पछि फिल्मले नेपालतर्फको सुटिङ प्याकअप भएको जानकारी गराएको थियो ।

निर्माण टिमका अनुसार फिल्मको बाँकी सुटिङ अब अमेरिकामा सम्पन्न गरिनेछ । तर सुटिङ सकिए पनि फिल्मका तस्बिर सार्वजनिक हुने क्रम जारी छ । साम्राज्ञीराज्य लक्ष्मी शाहले पोखराको स्विमिङ पुलमा खिचेको फोटो इन्स्टामा राखेकी थिइन् । सोही समयमा खिचेका थप फोटो इकागजले प्राप्त गरेको छ । 


प्राप्त तस्बिरमा साम्राज्ञी र पुष्प स्विमिङ पुलमा रोमान्टिक देखिएका छन् । तस्बिरमा नै दुवै कुनै गीतको सुटिङ गरिरहेको छनक पाइन्छ । नभन्दै निर्माण टिमले सार्वजनिक तस्बिर योगेश काजीको संगीतमा तयार भएको गीतमा साम्राज्ञी र पुष्पको दृश्य खिचिएको जानकारी गराएको छ । गीतमा सुगम पोखरेल र मेलिना राईको आवाज रहेको छ ।

पुष्प र साम्राज्ञी रोमान्टिक देखिएको स्विमिङ पुल भने पोखराको सराङकोट माउन्टेन भ्यूको भएको निर्माण टिमले जनाएको छ ।  सुटिङ सकिएसँगै फिल्मको पोस्ट प्रडक्सनको काम सुरु भएको छ । तर, निर्माण टिमले बेलायत, अमेरिका र अष्ट्रेलियामा फिल्मको प्रदर्शन पछि मात्र नेपालमा फिल्म रिलिज गर्ने जनाएको छ । पुष्प र साम्राज्ञीको मुख्य भूमिका रहेको फिल्ममा सरोज खनाल र सन्दीप क्षेत्री पनि महत्वपूर्ण भूमिकामा रहेका छन् । 


Author

थप समाचार
x