कला

४३ दिनमा सकियो ऋषिराजको ‘चुरीफुरी’

इकागज |
फागुन १०, २०७७ ११:५३ बजे

काठमाडौं : समसामयिक विषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् । 

आरबी मुभीजको ब्यानरमा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजिबजंग बस्नेत, सोना बज्राचार्य,रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिष्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारको अभिनय गरेको फिल्म राहुल राईले खिचेका हुन् । 

निर्देशक आचार्यकै लेखन रहेको फिल्म आचार्य स्वयम् र रिना ढकाल मिलेर निर्माण गरेका हुन् । सहनिर्मातामा भने विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्मको कला निर्देशक विजय आचार्य छन् । 

कथाको मागअनुरुप नै फिल्ममा नयाँ तथा हास्य ब्यङ्ग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्य बताउँछन् । चर्चित मोडेल अभिषेक श्रेष्ठले हिरोका रुपमा डेब्यु गरेको ‘चुरीफुरी’ को सम्पादन नवीन निरौलाले गरिरहेका छन् । नवप्रतिभाहरू अडिसन मार्फत छनौट गरिएको बताउँदै निर्देशक आचार्यले ‘चुरीफुरी’ को प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी दिए ।



Author

थप समाचार