कला

वयस्क फिल्म खेलेकी बेलालाई अन्तरंग दृश्य गर्दा असजिलो

इकागज |
फागुन १०, २०७७ सोमबार १३:३१ बजे

लसएन्जल्स : अभिनेत्री बेला थ्रोनले कुनै समय आफैंले एडल्ट फिल्म निर्देशन गरेकी थिइन् । बेला स्वयंले अभिनय गरेको ‘हर एन्ड हिम’ पोर्न हबमा पनि रिलिज भएको थियो । तर, उनले फिल्म भित्रका अन्तरंग दृश्यमा अभिनय गर्न असजिलो हुने बताएकी छिन् । 

‘सुटिङ सेटमा यस्ता दृश्यमा अभिनय गर्न जहिलै असजिलो लाग्छ । तर मेरो चरित्रका लागि त्यस्ता दृश्य आवश्यक छन् भन्ने लाग्छ भने असजिलोसहित गर्छु,’ थ्रोनले भनेकी छिन् । उनले आफू लेखक भएकाले यस्ता दृश्य किन चाहिन्छ भन्ने कुरासँग भने जानकार रहेको पनि बताएकी छिन् । तर, कतिपय मानिसहरू भने विना काम पनि महिलालाई क्यामराको अगाडि नंग्याउन तम्सने गरेको उनको अनुभव छ ।


‘यहाँ केही यस्ता मान्छे पनि छन् जो महिलालाई यत्तिकै पनि क्यामरा अगाडि नंग्याउन चाहान्छन् । यस्ता फिल्म गर्ने बेलामा तपाईं चनाखो बन्नु पर्छ । यस्ता मान्छे भेट्यो भने चैं मलाई साह्रै असजिलो लाग्छ,’ उनले भनेकी छिन् । 

बेलाले के यस्ता दृश्य महिला निर्देशक भएको फिल्ममा गर्दा चैं सजिलो महसुस गर्ने गरेकी छिन् ? बेलाले महिला निर्देशकले हाँकेका सेटमा पनि खराब अनुभवबाट गुज्रन परेको बताएकी छिन् ।


Author

थप समाचार
x