कला

कहिले बिहेको भिडियो हटाउन दबाब दिने, कहिले फुर्की फुर्की बिहेको कुरा गर्ने

इकागज |
फागुन १३, २०७७ बिहिवार १३:१० बजे

तस्बिर : रिमाको फेसबुक

काठमाडौं : ‘मुड स्विङ’ गर्ने मामलामा सेलिब्रेटीलाई भेट्न गाह्रै पर्छ । छिनमै रंगढंग परिवर्तन भइरहन्छ । अघिल्लो चोटि के भनेँ उनीहरूलाई पत्तै हुँदैन । आफैंले बोलेको कुरा काट्ने गरी फेरि बोलिरहेकी हुन्छिन् । आँचल शर्मा यो कुराको उदाहरण हुन् ।

धेरैपल्ट आफूले बोलेको कुरा आफैंले काटेर विवादमा परेकी छिन् । यो लिस्टमा रिमा विश्वकर्माको पनि नाम थपिएको छ । कसरी भनेर बुझ्न चैं लकडाउनको समयमा फर्कनुपर्ने हुन्छ ।


देश लकडाउनले ठप्प भइरहेका बेला सेलिब्रेटी भने थरिथरिका विवादका कारण चर्चामा आएका थिए । कोही महानायक कान्डमा त कोही भारतीय साथीसँग कसरी मुख देखाउने चिन्ताका कारण विवादमा परेका थिए । यही समयमा केही अभिनेत्री भने ‘इनफ इज इनफ’ भन्ने अभियान सुरु गर्दै युट्युबका कन्टेन्ट र कमेन्ट हटाउन लागि परेका थिए ।

मिडियाले लिएका अन्तर्वार्तामा जथाभावी कमेन्ट आएको भन्दै उनीहरूले यस्ता कन्टेन्ट हटाउन दबाब नै दिएका थिए । यतिबेला रिमा विश्वकर्माले पनि केही मिडियालाई आफ्नो विवाह र डिभोर्सका कन्टेन्ट नै हटाउन दबाब दिएकी थिइन् । केही मिडियाले उनको आग्रह मानेर हटाएका पनि थिए । 

यहीबेला उनले विवाह र डिभोर्सको कुराले आफूमाथि मानसिक हिंसा भएको पनि बताएकी थिइन् । तर, बुधबार रिमाले यो मामलामा ‘यु टर्न’ लिएको देखियो । कमेडी च्याम्पियनको दोस्रो सिजनको औपचारिक घोषणा कार्यक्रममा रिमा आफैं बिहेको कुरा गर्न उत्सुक थिइन् ।

उनले पत्रकारसँग हौसिँदै ‘ विवाहको कुरा गर्ने बेला भयो’ भन्दै विवाहका बारेमा खुलेरै कुरा गरिन् । पहिले यही विवाहको कुराले तनाव हुने अनि अहिले चैं खुशी हुने ? दुई तीन महिनाको बीचमा रिमाको जीवनमा के चैं जादू भएछ त ?
 


Author

थप समाचार
x