कला

‘चेहेरे’ पोस्टरबाट गायब भइन् रिया चक्रवर्ती

इकागज |
फागुन १३, २०७७ बिहिवार १४:२४ बजे

मुम्बई : रिया चक्रवर्तीको गतसाल भला भएन । सुशान्तसिंह राजपूतको निधनमा दोषी देखाउने प्रयास भएपछि उनले केही दिन जेलनेल पनि भोग्नु पर्यो । धरौटीमा बल्ल तल्ल रिहा भइन् । बलिउडमा खुट्टा टेक्ने प्रयास गरिरहेकी रियाले यो प्रकरणले ठूलो धक्का दियो ।

उनलाई फिल्ममा लिन चाहाने निर्माता हच्किए । नयाँ निर्माताले त लिएनन् लिएनन् लिएका निर्माताले पनि उनलाई प्रचारमा ल्याउने आँट गर्न सकेनन् । कुरो अप्रिल ३० मा प्रदर्शन मिति तोकेको फिल्म ‘चेहेरे’को ।


अमिताभ बच्चन र इमरान हासमीको मुख्य भूमिका रहेको यो फिल्मले एक दिनअघि मात्र पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गर्यो । पोस्टरमा अमिताभ बच्चन, अनु कपुर र इमरान हासमीसँगै एक बंगाली कलाकारलाई पनि स्थान दिइएको छ तर फिल्ममा उत्तिकै महत्वपूर्ण भूमिकामा अभिनय गरेकी रिया चक्रवर्ती भने पोस्टरमा छैनन् । 

पोस्टरबाट रिया हराउनुको मतबल धेरैले बलिउड अझै पनि रियालाई स्वागत गर्न तयार नभएको संकेतको रुपमा अथ्र्याएका छन् ।  अझ सुशान्तसिंह राजपूतको निधनको विवाद टुंगिएको छैन । सीबीआईले गरेको अनुसन्धानको अझै निष्कर्ष निस्किएको छैन । यो नटुंगिँदासम्म रियाको बलिउड यात्रा ठप्पै होला जस्तो छ ।  


Author

थप समाचार
x