कला

तीन फिल्मको तयारीमा सिमोस, ‘कुकुर हराएको सूचना’मा दीपक–दीपासँग सहकार्य

इकागज |
फागुन १३, २०७७ बिहीबार १५:२० बजे

काठमाडौं : दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले कुन फिल्म बनाउला ?  फिल्मवृत्तमा हरकोहीलाई चासो छ । ‘ब्याक टु ब्याक’ हिट दिएर फिल्मको बजार कहाँबाट कहाँ पुर्याएपछि दर्शकसँगै हल मालिक र वितरक पनि उनीहरूले चाँडै फिल्म बनाइदिए हुन्थ्यो भन्ने कामना गरेर बसेका छन् ।

तर, भने जस्तो कथा नपाएको  बहानामा दीपक दीपाको टिमले नयाँ फिल्मको काम अगाडि बढाएको छैन । अनौपारिक कुराकानीमा भने उनीहरू ‘छक्का पञ्जा४’सँगै अरु एक दुई फिल्मको स्क्रिप्ट तयार रहेको बताउने गरेका छन् । 


दीपक–दीपाले दीपेन्द्र लामासँग ‘छ माया छपक्कै’ बनाउनु अघि निर्देशक सिमोस सुनुवारसँग मिलेर एउटा फिल्म बनाउन लागेको चर्चा थियो । पछि उनीहरूले निर्माता रोहित अधिकारीसँग मिलेर ‘छ माया छपक्कै’ बनाए । तर, निर्देशक सिमोस सुनुवारले दीपक दीपासँग मिलेर बनाउन लागेको फिल्म अन्तिम चरणमा रहेको बताए ।

इकागजसँगको कुराकानीमा सिमोसले ‘पारस’पछि ‘कुकुर हराएको सूचना’नाम जुराइएको त्यो फिल्म गर्ने बताए । ‘पारसपछि ‘कुकुर हराएको सूचना’ गर्ने हाम्रो सहमति छ । यसपछि भने अनमोललाई नै लिएर ‘कल्की’ गर्ने हाम्रो सहमति छ,’ सिमोशले इकागजसँग भने । 

सिमोसका अनुसार उनले ‘कुकुर हराएको सूचना’लाई ‘पारस’पछिको प्राथमितामा राखेका छन् । ‘पारस’को भने हाल धमाधम पोस्ट प्रडक्सनको काम भइरहेको छ । 
अनमोल केसीको मुख्य भूमिका रहने यो फिल्मको सुटिङ वैशाखको दोस्रो हप्ताबाट सुरु गर्ने तयारी चलिरहेको छ । यसअघि अनमोलले ‘ए मेरो हजुर ४’को सुटिङ सक्नेछन् । 
 


Author

थप समाचार
x