कला

यो हो संसारमा सबैभन्दा ज्यादा हेरिएको भिडियो

इकागज |
कात्तिक १८, २०७७ मंगलबार १३:१४ बजे

दुई वर्ष युट्यबुमा सार्वजनिक भएको बाल गीत ‘बेबी सार्क’ युट्युबमा सर्वाधिक हेरिने भिडियो बनेको छ । सार्वजनिक भए लगत्तै लोकप्रियताको चार्टमा एकपछि अर्को खुड्किला चढेको गीत दुई वर्षपछि सबैभन्दा धेरै हेरिने भिडियो बनेको हो । यो गीत अहिलेसम्म ७ बिलियन दर्शकले हेरिसकेका छन्  ।

जम्माजम्मी दुई मिनेट १६ सेकेन्डको यो गीतले ‘डेस्पासिटो’लाई दोस्रो बनाएको छ । स्पेनिश भाषाको यो गीत विगत तीन वर्षदेखि सबैभन्दा धेरै हेरिने भिडियोको एक नम्बरमा थियो ।


यी हुन् युट्युबमा अहिले सर्वाधिक हेरिएका ५ भिडियो
- बेबी सार्क-पिङफङ किड्स- ७.०४६ बिलियन
- डेस्पासितो-लुइस फोन्सी- ७.०३९ बिलियन
- सेपअप यु-एड सरिन- ५.०४९ बिलियन
- सि यु अगेन-विज खलिफा- ४.८० बिलियन
- मासा एन्ड दि बियर-रेसिपी फर डिजस्टार- ४.३६० बिलियन 

सोमबार मात्र धेरै हेरिने गीतको रुपमा गद्दी आरोहण गरेको ‘बेबी सार्क’ दक्षिण कोरियन गीत हो । बच्चाहरूका लागि राइम बनाउँदै आएको स्मार्ट ड्याडीले पिंकफोङ ब्रान्ड अन्तर्गत यो गीत सार्वजनिक गरेको हो । यही लेबल अन्तर्गत उसले हजारौं भिडियो युटुयुबमा सार्वजनिक गरेको छ । तर ‘बेबी सार्क’ विश्वभर रुचाइएको पहिलो गीत हो ।

गीत हिट भएसँगै निकलोडनले ‘बेबी सार्क’ का चरित्रमा आधारित रहेर २६ भागको एनिमेटेड सिरिज बनाउने सम्झौता गरिसकेको छ भने कम्पनीले यसको ब्रान्ड प्रयोग गरेर खेलौना, लुगा, पुतली, पुस्तक, खेल आदि थुप्रै मर्चेन्डाइज बजारमा पठाइसकेको छ । 

 


 


Author

थप समाचार
x