कला

आरोनलाई सेलेनाको छेऊ नपर्न फ्यानको धम्की

इकागज |
फागुन १६, २०७७ आइतबार १३:४५ बजे

लसएन्जल्स :  फ्यान सेलिब्रेटीप्रति यति धेरै ‘पोजेजिभ’ हुन्छन् कि उनीहरूको जे कुरा पनि आफ्नो इशारामा होस् भन्ने चाहान्छन् । भएन कि उछित्तो काढ्न सुरु गरिहाल्यो । सेलेना गोमेजका फ्यानले अहिले त्यही गरेका छन् । 

सेलेना यतिबेला आरोन डोमिनेगेजसँग हुलुबाट प्रसारण हुने ‘वन्ली मर्डरस् इन दि बिल्डिङ’ सिरिजमा अभिनय गरिरहेकी छिन् । तर, जब सेटबाट दुवैका फोटो सार्वजनिक हुन थाले सेलेनाका फ्यान उनीहरूको निकटता देखेर बिच्किए । उनीहरूले आरोनलाई कुरुप भन्दै सेलेनाको छेउ पनि नपर्न धम्की दिए । 


‘सेलनाबाट टाढै बस । उनले तिमीभन्दा धेरै गतिलो केटा पाउँछिन् । घिनलाग्दो केटा !’ ट्रोलरले लेखेका छन् ।  जवाफमा आरोनले आफूलाई गाली गरेको पोस्टको स्क्रिनसट सेयर गर्दै त्यसको तल ‘लोल’को इमोजी सेयर गरेका छन् । 

हत्याको कथा वरपर बुनिएको फिल्मको सुटिङ चलिरहँदा दुवैले एक अर्कासँग प्रशस्त समय बिताइरहेको पनि समाचार आइरहेका छन् । केही दिन अघि दुवै इन्स्टामा पनि लाइभमा आएका थिए । यतिबेला पनि सेलेनाले ओरोनले हत्ते गरेर लाइभमा आएको बताएकी थिइन् । जस्टिन विबरसँग लामो समय अफेयरमा रहेकी सेलेना केही वर्षयता एक्लै छिन् । 


Author

थप समाचार
x