कला

‘चिसो मान्छे’को छायांकन सुरु

इकागज |
फागुन १७, २०७७ सोमवार ११:४२ बजे

काठमाडौं : दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’को छायांकन आइतबार अर्थात् आजबाट सुरु भएको छ ।
निर्देशक दीपेन्द्र के खनालले पूजा गरेको फोटो सामाजिक सञ्जालमा राख्दै   चलचित्रको छायांकन सुरु भएको जानकारी दिइयो ।

शर्मिला पाण्डेको निर्माणमा तयार हुने यो चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहनेछ । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।


चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रलाई शुभकामना दिए । सुभाष भुषालको संगीत रहने यो चलचित्रलाई काठमाडांैदेखि बाजुरासम्म खिचिनेछ । निर्देशक खनालले भने ‘हामीले चलचित्रलाई काठमाडांैदेखि बाजुरासम्मका विभिन्न लोकेसनमा खिच्नेछौ । चलचित्रको छायांकन यति नै दिनमा सकिन्छ भन्न सकिने अवस्था छैन ।’

यो चलचित्रले समाजका चिसो मानिसहरुको कथा भन्ने उनले बताए । चलचित्रलाई आफूले घाममा नखिच्ने उनले बताए । चलचित्रलाई भदौको ११ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माण पक्षले बताएको छ । यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको चलचित्र ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो । 


Author

थप समाचार
x