कला

गोल्डेन ग्लोबमा ‘नोमडल्यान्ड’ र ‘क्राउन’को वर्चस्व

इकागज |
फागुन १७, २०७७ सोमवार १३:११ बजे

‘क्विन्स ग्याम्बिट’ बाट अवार्ड जितेकी एना टेलर जोय

लसएन्जल्स :  यो सिजन मात्र ५४ वटा अवार्ड जितेकी क्लोई झाओले थप एक अवार्ड हात पारेकी छिन् । ‘नोमडल्यान्ड’ बाट गोल्डेन ग्लोबमा उत्कृष्ट निर्देशकको अवार्ड जितेसँगै उनले यही फिल्मबाट जितेको अवार्ड संख्या ५५ पुगेको छ ।

यति मात्र होइन क्लोई गोल्डेन ग्लोब जित्ने दोस्रो महिला निर्देशक र पहिलो एसियन महिला बनेकी छिन् । यसअघि गोल्डेन ग्लोबमा ‘एन्टिल’ फिल्मबाट सन् १९८३ मा बारबरा स्ट्रेइसान्डले अवार्ड जितेकी थिइन् । 


आइतबार बिहान बाँडिएको अवार्डमा ‘नोमडल्यान्ड’ले ड्रामातर्फको उत्कृष्ट फिल्मको अवार्ड पनि हात पा¥यो । ड्रामातर्फको उत्कृष्ट अभिनेत्रीको अवार्ड अन्ड्रा डेले जितिन् भने यही विधातर्फको अभिनेताको अवार्ड दिवंगत अभिनेता चाडविक बोसेननले जिते । डेले ‘दि युनाइटेड स्टेटस् भर्सेज बिल्ली होलिडे’ र बासेननले ‘मा रेनीज ब्ल्याक बटम’ बाट उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड जितेका थिए । 

म्युजिकल अथवा कमेडी विधातर्फको उत्कृष्ट अभिनेताको अवार्ड भने सचा बारुन कोहनले जिते । उनले ‘बोराट सब्सिक्वेन्ट मुभी फिल्म’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्मको अवार्ड पनि सोही फिल्मले जित्यो । 

टेलिभिजनतर्फ भने ‘क्विन्स ग्याम्बिट’ले सर्वाधिक विधामा अवार्ड जित्यो । फिल्मले उत्कृष्ट टेलिभिजन सिरिजको अवार्ड जित्यो भने सोही सिरिजबाट एना टेलर जोयले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । यही विधातर्फ सहायक अभिनेत्रीको अवार्ड भने ‘क्राउन’का लागि गिलियन एन्डरसनले जितिन् । सबै फिल्मतर्फको उत्कृष्ट अभिनेत्रीको अवार्ड भने ‘दि मौरीटानियन’का लागि जोडी फोस्टरले जितिन् । 

ड्रामातर्फको उत्कृष्ट टेलिभिजन सिरिजको उपाधि ‘क्राउन’ले जित्यो । उत्कृष्ट अभिनेताको अवार्ड पनि यही सिरिजका लागि जोश ओ कोनरले प्राप्त गरे । यही फिल्मका लागि एम्मा कोरिन् पनि विजेता बनिन् । सबैले अनुमान गरेझैं विदेशी भाषातर्फको उत्कृष्ट फिल्मको अवार्ड भने ‘मिनारी’ले जित्यो । 

यसैगरि, एनिमेटेड फिल्मतर्फ ‘सोल’ विजेता बन्यो भने म्युजिकल तथा कमेडी विधामा रोजमन्ड पिके ‘आइ केयर अ लट’बाट विजेता बनिन् । ‘सचिट क्रिक’यो विधाको विजेता बन्यो । उत्कृष्ट पटकथाको अवार्ड ‘दि ट्रायल अफ सिकागो ७ ’का लागि आरोन सोरोकिनले पाए । 


Author

थप समाचार
x