कला

भिटेन नपक्रन उच्च अदालतको आदेश (आदेशसहित)

इकागज |
कात्तिक १८, २०७७ मगलवार १७:२९ बजे

काठमाडौं : पाटन उच्च अदालतले र्‍यापर भिटेन उर्फ समीर घिसिङलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्युरोको नाममा आदेश गरेको छ । अदालतले गीतसंगीतको विषयमा फौजदारी कानुन आकर्षित नहुने भन्दै उनलाई पक्रन नमिल्ने आदेश जारी गरेको हो । 

एक हप्ताअघि प्रहरीले भिटेनले संगठनको बदनाम गर्नेगरी गीत गाएको भन्दै पक्रन साइबर ब्युरोलाई निर्देशन दिएको थियो । त्यस लगत्तै गीत प्राइभेट गरेका भिटेनले प्रेस विज्ञप्ति जारी गर्दै गीत केही संसोधन गरेको जानकारी गराएका थिए । तर, प्रहरीले खोजी जारी राखेपछि निषेधाज्ञाको माग गर्दै भिटेन दुई दिनअघि अदालतको शरणमा पुगेको थिए । भिटेनको रिट निवेदनमा अदालतले उनको पक्षमा फैसला गरेको हो ।


एक वर्षअघि पनि प्रहरीले भिटेनलाई प्रहरीको बर्दीमा लागुपदार्थ सेवन गरिरहेको दृश्य देखाएको भन्दै केही दिन थुनामा राखेको थियो । बुबाको जमानीमा छुटेका भिटेनले ठिक एक वर्षपछि प्रहरीलाई तथानाम गर्दै गरेको गीत र भिडियो सार्वजनिक गरेका थिए । 

र्‍यापर ब्याटल हुँदै गायनमा भित्रिएका भिटेनमाथि ‘छाडापन’लाई ब्रान्ड बनाएको आरोप लाग्ने गरेको छ । उनले गीतमा प्रहरीसँगै महिलालाई पनि तुच्छ शब्दले सम्बोधन गर्ने गरेका छन् । 


Author

थप समाचार
x