कला

ब्राड पिटले दिएको पेन्टिङ लिलामी गर्दै एन्जेलिना जोली

इकागज |
फागुन १८, २०७७ मंगलबार १३:५ बजे

लसएन्जल्स : यस्तो लाग्छ, एन्जेलिना जोली ब्राड पिटको कुनै सम्झना बाँकी रहन चाहान्नन् । त्यसैले जोलीले ब्राड पिटले दिएको सबैभन्दा महत्वपूर्ण उपहार पनि लिलाम गर्ने निर्णय गरेकी छिन् । 

पेज सिक्सले छापेको खबर अनुसार जोलीले ब्राड पिटले उपहार दिएको दुलर्भ मानिने विन्स्टन चर्चिलले बनाएको पेन्टिङ लिलाम गर्ने निर्णय गरेकी हुन् । ब्राड पिटले सन् २०११ मा जोलीलाई यो चित्र उपहार दिएका थिए । उसबेला  यो चित्र ब्राडले ३ करोडमा किनेको बताइएको थियो । 


जोलीले लिलामीमा राख्दा सुरुवाती मूल्य ११ करोड राखेकी छिन् । विन्स्टल चर्चिलले सन् १९४३ मा बनाएको यो पेन्टिङमा ‘कौतुबिया मस्को’लाई दुरुस्त उतारिएको छ । 
क्वान्टेन टेरेन्टिनोको फिल्म ‘इग्लोरियस बास्टर्ड’को सुटिङताका ब्राड पिट चर्चिलको कामसँग परिचित भएका थिए । दोस्रो विश्वयुद्धको विषयमा बनेको फिल्ममा ब्राड पिटले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

चर्चिलले यो पेन्टिङ अमेरिकी राष्ट्रपतिलाई फ्रयाङकलिन रुजवेल्ट उपहार दिएका थिए । यो विभिन्न आधा शताब्दीसम्म यतायता घुम्दै अन्ततः ब्राड पिटको हातमा आएको थियो । एन्जेलिना जोली र ब्राड पिटको सन् २०१६ मा डिभोर्स भएको थियो । 


Author

थप समाचार
x