कला

अदितीसँग तृप्तिको छोराको डेब्यु, निर्देशक भन्छन्, ‘सम्झौता हुन बाँकी नै छ’

इकागज |
फागुन १८, २०७७ मंगलबार १४:३ बजे

काठमाडौं :  अघिल्लो साल चैतको मध्यबाट फ्लोरमा जाने तरखरमा थिए, सुरेन्द्र पौडेल । फिल्मको नाम थियो ‘बेन्जो’ । तर, लकडाउनका कारण फिल्म फ्लोरमा जान सकेन । तर, कोरोना भाइरसको प्रकोप कम भएसँगै निर्देशक पौडेल सुटिङमा जान तयार छन् ।

यसबीचमा उनले फिल्मको नाम मात्र परिवर्तन गरेका छैनन्, फिल्ममा नयाँ कास्ट पनि थपेका छन् । निर्देशक पौडेलका अनुसार फिल्मको नाम ‘बाबरी’ राखिएको छ भने फिल्मको महत्वपूर्ण भूमिकाका  लागि उनले पहिलो पुस्ताकी नायिका तृप्ति नाडकरका छोरा धिरज टोटलानीलाई पनि अनुबन्ध गर्ने तयारी गरिरहेका छन् ।


इकागजसँगको कुराकानीमा निर्देशक पौडेलले धिरजलाई डेब्यु गराउने कुरा लगभग तय भएको भए पनि कागजी सम्झौता हुन बाँकी रहेको बताए । ‘कुरा लगभग कन्फर्म छ तर सम्झौता भइसकेको छैन । म अहिले काठमाडौंबाहिर छु । काठमाडौं फर्केपछि औपचारिक घोषणा गरेर फिल्मको बारेमा जानकारी दिन्छौं,’ सुरेन्द्रले भने । 

फिल्मका लागि पहिले नै अदिती बुढाथोकी र नितेजंग कुँवर तयार रहेको बताइएको छ । गायक नितेशले पनि यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्  । 
भारतमा बसेर मोडलिङ गरिरहेकी उदितीले ‘कृ’बाट अनमोल केसीको अपोजिटमा डेब्यु गरेकी थिइन् । बक्स अफिसमा ठिकठाक व्यापार गरेका फिल्मबाट अदितीले सोचे झैं चर्चा पाउन सकेकी थिइन् । ‘बाबरी’लाई अदिती स्वयंले निर्माण गर्न लागेको चर्चा छ । 


Author

थप समाचार
x