कला

श्रद्धालाई बुहारी बनाउन कुनै आपत्ति छैन : राकेश श्रेष्ठ

इकागज |
फागुन २०, २०७७ बिहीबार ११:५४ बजे

मुम्बई :  माल्दिभ्समा श्रद्धा कपुरको आफन्तको बिहेमा रोहन श्रेष्ठ पनि सँगै देखिएपछि नेपाली मुलका रोहन श्रेष्ठ र श्रद्धा कपुर प्रेममा रहेको कुरा कुनै रहस्य रहेन । बलिउड अभिनेत्री पद्मिनी कोल्हापुरेको छोराको विवाहमा सहभागी हुन माल्दिभ्स पुगेका दुवै केही फोटोमा सँगै देखिएका पनि थिए ।

यसरी फोटोमा सँगै देखिएपछि फेरि एक पटक श्रद्धा र रोहनको प्रेम र विवाहको चर्चा बलिउडमा चलेको छ । यसअघि बरुण धवनको विवाहमा पनि रोहन श्रेष्ठले दिएको शुभकामनामा बरुणले पनि सांकेतिकमा रुपमा रोहनलाई पनि बधाइ दिएपछि श्रद्धा र रोहन विवाह गर्ने तयारीमा रहेको चर्चा चलेको थियो । 


तर, यो खबरलाई थप पुष्टि गरेको छ टाइम्स अफ इन्डियाले । टाइम्स अफ इन्डियाले रोहनका बुबा राकेश श्रेष्ठसँग कुरा गर्दै दुवैको परिवार छोरा–छोरीको निर्णयलाई स्वागत गर्न तयार रहेको समाचारमा उल्लेख गरेको छ ।

टाइम्स अफ इन्डियाले यसअघि श्रद्धा कपुरका बुबा शक्ति कपुरसँग यही विषयमा कुरा गरेको थियो । सो अवसरमा शक्तिले आफू छोरीले जे निर्णय गर्छिन् त्यसमा आफूले आपत्ति नजनाउने बताएका थिए । यता रोहनका बुबा राकेश श्रेष्ठले उनीहरूले विवाह गर्ने निर्णय गरे आफू उनीहरूका लागि जे गर्न पनि तयार रहेको बताएका छन् । ‘यदि उनीहरू विवाह गर्ने निर्णय गर्छन् भने म खुशीसाथ गर्ने कुरा गर्छु । मेरो शब्दकोशमा आपत्ति भन्ने शब्द छैन,’ राकेशले भनेका छन् । 

रोहन र श्रद्धा बच्चैदेखिका साथी हुन् । तर, उनीहरूको अफेयर भने अलि पछि मात्र सुरु भएको हो । रोहनसँग नाम जोडिनु अघि श्रद्धाको नाम आदित्यरोय कुपुर र फरहान अख्तरसँग जोडिएको थियो । 


Author

थप समाचार
x