कला

‘प्रेमगन्ज’लाई पनि चाहियो कलाकार

इकागज |
फागुन २०, २०७७ बिहीबार १४:४४ बजे

काठमाडौं :  २५ वर्षदेखि स्पटब्वाईको रुपमा काम गरिरहेका राजु फुयालले निर्माण गर्ने सिनेमा ‘प्रेमगन्ज’ले पनि कलाकार माग गरेको छ । निर्माण टिमले मुख्य भूमिकामा अभिनय गर्ने तीन जना कलाकारका लागि अडिसन गर्ने जनाएको हो । यो फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । 

उनले फिल्ममा दुई हिरो र तीन हिरोइन रहने जानकारी गराउँदै फिल्मका लागि एक जना हिरो फाइनल भए पनि हिरोइनका लागि भने अडिसन गर्न लागेको जानकारी गराए । उनले फिल्ममा २० वर्षको दुई जना अभिनेत्री र सोही उमेरका अभिनेता अडिसन मार्फत लिने योजना अनुसार अडिसन कल गरिएको जानकारी गराए ।


फिल्मको सुटिङ वैशाखदेखि गर्ने योजना रहेको पनि निर्देशक परिच्छेद सेनले जनाए । सेनले फिल्म प्रेमकथा विधाको रहेको जानकारी गराएका छन् ।  फ्लोरमा जाने क्रम बढेसँगै फिल्मकर्मीले अडिसनमार्फत नयाँ कलाकार खोज्न थालेका छन् । यसअघि ‘प्रकाश’, ‘बिहे पास’ आदि फिल्मले पनि अडिसन गरेर कलाकार छानेका थिए । 


Author

थप समाचार
x