कला

‘रामसेतु’का लागि अक्षयकुमारले छाने दुई हिरोइन

इकागज |
फागुन २१, २०७७ शुक्रबार १२:५१ बजे

मुम्बई : बलिउडमा जहाँ आमिर खान, शाहरुख खान जस्ता हिरो तीन चार वर्षमा बल्ल एउटा फिल्म रिलिज गर्छन् वहीँ अक्षयकुमार वर्षमै तीन चार फिल्म रिलिज गर्छन् । यो साल पनि उनका चार फिल्म रिलिज डेट बुक गरिसकेका छन् ।

वर्षको अन्त्यमा सम्ममा थप एक दुई फिल्म रिलिज भए पनि अचम्म नमान्दा हुुन्छ । तर, रिलिजसँगै अक्षयकुमार फिल्म सुटिङमा पनि उत्तिकै व्यस्त छन् । 
हाल लखनउमा ‘बच्चन पाण्डेय’को सुटिङ गरिरहेका अक्षयकुमारले यो फिल्मको सुटिङ सकाएसँगै ‘रामसेतु’को सुटिङ सुरु गर्नेछन् ।


तर, फ्लोरमा जाने समय नकिकिँदै गर्दा पनि उनले फिल्मका हिरोइन टुंगो लगाउन सकेका थिएनन् । तर, बिहीबार उनले फिल्मका लागि दुई हिरोइन फाइनल गरेको खबर छ । खबर अनुसार उनले ज्याकलिन फर्नान्डिज र नुसरत बरुचालाई फिल्मका लागि फाइनल गरेका छन् । 

अक्षय र ज्याकलिनको जोडी दर्शकले यसअघि पनि ‘ब्रदर्श’, ‘हाउसफुल २’ ‘हाउसफुल ३’मा देखिसकेका छन् तर नुसरत र अक्षयकुमारले भने पहिलो चोटि स्क्रिनसेयर गर्न लागेका हुन् । फिल्मलाई अभिषेक शर्माले निर्देशन गर्नेछन् । 


Author

थप समाचार
x