कला

एक महिना पछि धकेलियो ‘फास्ट उन्ड फ्युरियस’

इकागज |
फागुन २१, २०७७ शुक्रबार १३:४३ बजे

लसएन्जल्स :  ‘फास्ट उन्ड फ्युरियस’को नवौं भागको रिलिज फेरि एक महिना पर सरेको छ । यही अंग्रेजी वर्षको मे २८ मा रिलिज हुने घोषणा गरेको फिल्म सरेर जुन २९ मा पुगेको हो । 
फिल्म रिलिज सर्नुमा अमेरिकी राष्ट्रपति जो बाइडनको घोषणालाई मुख्य कारण मानिएको छ । बाइडनले गत मंगलबार मेसम्ममा खोप लगाउने चाहाने हरकोही नागरिकले खोप पाइसक्ने बताएका थिए ।

बाइडनको यही भनाइलाई मध्येनजर गर्दै स्टुडियोले फिल्मको प्रदर्शन मिति पछि सारेको बताइएको छ । अमेरिकाका धेरै राज्यमा अहिले पनि हल खोल्नु अनुमति दिइएको छैन । केही दिन अघि न्युयोर्कले मात्र हल खोल्ने अनुमति दिएको थियो ।


त्योबाहेक विश्वका धेरै देशले अहिले पनि हल खोल्ने अनुमति दिएका छैनन् । फिल्म निर्माता युनिभर्सलले यही कारणले रिस्क लिन नचाहेको हलिउड रिपोर्टरले लेखेको छ । 

‘फास्ट उन्ड फ्युरियस’ सरेसँगै मेमा ‘ब्ल्याक विडो’मात्र रिलिज हुने सम्भावना बढेको छ । डिज्ने र मार्भलले भने आजका मितिसम्म यो फिल्म सार्ने÷नसार्ने कुनै निर्णय लिइसकेका छैनन् । 

सन् २०२० मै रिलिज हुन लागेका दुवै फिल्म सरेर यो साल आएका हुन् । ‘फास्ट उन्ड फ्युरियस’ सर्दा अक्षयकुमारलाई भने फाइदा भएको छ । किनकि ‘फास्ट उन्ड फ्युरियस’ सँगै अक्षयकुमारको ‘बेल बटम’ पनि रिलिज हुनेवाला थियो । ‘फास्ट उन्ड फ्युरियस’सरेपछि अब ‘बेल बटम’ भारतमा सोलो रिलिज हुने भएको छ । 
 


Author

थप समाचार
x