कला

‘कृष्णलीला’ गीतमा एक अर्काको डियर बन्न खोज्दै पुष्प र श्रद्धा

इकागज |
फागुन २१, २०७७ शुक्रबार १७:१९ बजे

काठमाडौं: चैत २७ गते प्रदर्शन हुन लागेको फिल्म ‘कृष्णलीला’ले दोस्रो गीत सार्वजनिक गरेको छ । शुक्रबार निर्माण टिमले ‘डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक गरेको हो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको छ भनेगीत रचना नारायणप्रसाद बास्कोटाले गरेका हुन् ।

गीतमा पुष्प खड्का र श्रद्धा श्रेत्रीले अभिनय गरेका छन् । गीतका केही भागमा रविन्द्र झा र बुद्धि तामाङ पनि देखिन्छन् ।   निर्माण टिमले यसअघि अर्जुन पोखरेलकै संगीतमा तयार भएको गीत ‘कुनै दिन यो कथामा’ सार्वजनिक गरेको थियो । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीत टिकटकमा हिट भएको थियो । 



दीपक वलीको निर्देशन रहेको फिल्मलाई लक्ष्मण सुवेदीले लेखेका हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठ मिलेर बनाएको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ ।

 


Author

थप समाचार
x