कला

असोज १५ मा आउने भयो ‘कबड्डी ४’

इकागज |
फागुन २१, २०७७ शुक्रबार १७:३६ बजे

काठमाडौं :  सुटिङमा नजाँदै ‘कबड्डी ४’ले प्रदर्शन मिति तोकेको छ । वैशाखको पहिलो हप्ताबाट फ्लोरमा जाने तरखरमा रहेको फिल्मले दसैँको मुख पारेर हलमा आउने निर्णय गरेको हो । निर्माण टिमले अघिल्लो सिरिजको सो रिल  सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

‘कबड्डी ३’ पनि ‘कबड्डी ४’ झैं दसैँको १५ दिन अगाडि प्रदर्शनमा आएको थियो । यो समयमा फिल्मले बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको थियो । सोही इतिहास दोहो¥याउने अपेक्षासहित फिल्मले दसैँको छेको पारेर प्रदर्शन मिति सार्वजनिक गरेको हो । 


निर्माण टिमले ‘कबड्डी ४’लाई सिरिजको अन्तिम फिल्म रहने जनाएको छ । अन्तिम भागमा पहिलो, दोस्रो र तेस्रो भागका कलाकार रहन पनि निर्माण टिमले जनाएको छ । योसँगै अन्तिम भागमा सौगात मल्ल रहने कन्फर्म छ तर पहिलो भागका निर्माण साझेदार निश्चल बस्नेत  फिल्ममा रहन्छन् कि रहन्नन्, निर्माण टिमले खुलाएको छैन । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले इकागजसँगको कुराकानीमा फिल्म निश्चल नरहने जानकारी गराएका थिए ।


योबाहेक फिल्ममा हिरोइन को रहने भन्ने पनि खुलाइएको छैन । तर, केही दिनअघि भाटभटेनीको विज्ञापनमा उपासना सिंह ठकुरी, दयाहाङ राई, बुद्धि तामाङ र विजय बरालसँगै देखिएकी थिइन् । यसले चौथो भागमा पनि उपासना रहने आधारलाई पुष्टि गर्छ । तेस्रो भागमा पनि उपासनाले नै मैयाको भूमिका निर्वाह गरेकी थिइन् । सबै शृंखलाको निर्देशन रामबाबु गुरुङले गर्दै आइरहेका छन् । 


Author

थप समाचार
x