कला

चलचित्र विकास बोर्डको रिक्त सदस्यमा अर्जुनकुमार, प्रकाश र राजको नियुक्ति

सेन्सर बोर्डमा पनि फिल्मकर्मीको सिफारिश

इकागज |
फागुन २१, २०७७ शुक्रबार १७:५६ बजे

काठमाडौं :  नेपाल सरकारले रिक्त रहेका बोर्ड सदस्य र सेन्सर बोर्डमा फिल्मकर्मीलाई नियुक्त गरेको छ । सरकारले रिक्त रहेको चलचित्र विकास बोर्ड सदस्यमा अर्जुन कुमार डंगोल, प्रकाश भट्टराई र राज कटुवाललाई नियुक्त गरेको छ । त्यसैगरि रिक्त रहेको सेन्सर बोर्डमा राजेश महर्जन, सन्तोषकुमार थापा र मिनाक्षी कोइरालालाई नियुक्त गरेको छ । 

बोर्डमा नियुक्त भएका अर्जुनकुमार गायक तथा निर्माता हुन् । उनले ‘चपली हाइट’का तीन सिरिजको निर्माणसँगै ‘फिटकिरी’, ‘फाटेको जुत्ता’ आदि फिल्म निर्माण गरेका छन् । अर्जुन कुमारले बोर्ड अध्यक्षका लागि पनि आवेदन दिएका थिए ।


नुवाकोटका उनलाई विष्णु रिमालको सिफारिशमा सञ्चारमन्त्री पार्वत गुरुङले नियुक्त गर्न लागेको चर्चा पहिलादेखि नै चलिरहेको थियो । एउटा फिल्म निर्देशन गरेका प्रकाश भट्टराई बादलको सिफारिशमा बोर्ड सदस्य बनेका हुन् । प्रकाश भट्टराईले १८ वर्ष अघि 'भाग्य' नामक फिल्म निर्देशन गरेका थिए । त्यसैगरि राज कटुवालले भने ‘लीला’, ‘लाल्टिन’ आदि फिल्ममा अभिनय गरेका छन् । 

सेन्सरबोर्ड तर्फ सदस्य भएका सन्तोषकुमार थापा पत्रकार हुन् भने सेन्सर बोर्डमा नियुक्त भएकी मिनाक्षी कोइराला संगीतकार महेश खड्काकी कान्छी श्रीमति हुन् । उनी यसअघि महेश खड्का नै अध्यक्ष भएको समयमा संगीत रोयल्टी संकलन समाजकी सिइओ थिइन् । 
 


Author

थप समाचार
x