कला

टयालेन्ट भएपनि नेपालमा कलाकारले काम पाउन सकेनन् : मनिषा कोइराला

इकागज |
फागुन २२, २०७७ शनिबार २०:५० बजे

जनकपुरधाम : बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले नेपालका कलाकार धेरै ट्यालेन्ट भएपनि सही काम पाउन नसकेको बताएकी छिन् । शनिबार जनकपुरमा आयोजित जनकपुर महोत्सवमा बोल्दै अभिनेत्री कोइरालाले भनिन्, 'नेपालमा कलाकार र तिनीहरूमा ट्यालेन्टको कमी छैन तर उनीहरू सही ठाउँ नपाएको कारण नाम र दाम पाउन सकिरहेका छैनन् ।'

नेपालमा ट्यालेन्ट भएका कलाकारहरू भएपनि ठूलो बजेटको कममी रहेको अभिनेत्री कोइरालाले बताइन् । ठूलो बजेटको लगानी नहुँदासम्म नाम र पैसा कमाउन ग्राहो रहेको भन्दै उनले सिनेमा बनाउने  प्रक्रिया लामो र कठिन हुने बताइन् ।  


एक भ्रमणको स्मरण गर्दै उनले भनिन्, ‘मैले सानो सर्ट फिल्म स्टोरी फेस्टिवलको २/३ वर्ष अघि जजिंग गर्ने मौका पाएकी थिएँ । त्यसमा यस्तो राम्रो राम्रो सिनेमाहरू हेरे, त्यतिबेला मलाई लाग्यो, यहाँ ट्यालेन्टको कमी छैन ठूलो प्लेटफार्मको आवश्यकता छ ।'

अभिनेत्री कोइरालाले सोर्स फोर्सको बलमा मात्रै फिल्म क्षेत्रमा स्थापित हुन नसकिने बताइन् । अभिनयका लागि योग्यता, क्षमता र लगनशीलताको आवश्यकता रहेको आफूले अहिलेसम्म महसूस गरेको उनको भनाइ छ । दर्शकले कलाकारको आफन्तलाई होइन उनको कलालाई कदर गर्ने कोइरालाको धारणाा थियो । 

फिल्मी क्षेत्रमा कतिपय कलाकारका छोराछोरी भए पनि तिनीहरू मध्ये योग्य र मेहनती कलाकारहरू मात्र स्थापित हुन सकेका, बांकी फ्लप नै रहेको उनले बताइन् । उनले फिल्मी क्षेत्रमा मात्र होइन कुनैपनि क्षेत्रमा स्थापित हुन योग्यता क्षमता, आत्मविश्‍वास र कडा परिश्रम जरुरी हुने तर्क गरिन् । 


Author

थप समाचार
x