कला

मैथिली फिल्ममा अभिनय गर्ने इच्छा छ : राजेश हमाल

इकागज |
फागुन २२, २०७७ शनिवार २१:० बजे

जनकपुरधाम : नेपाली अभिनेता राजेश हमालले मधेश र मैथिली क्षेत्रको प्रतिनिधित्व हुने गरी फिल्ममा काम गर्न इच्छा रहेको बताएका छन् । जनकपुरमा जारी साहित्य महोत्सवमा सिनेमाको रंग शिर्षकको सत्रमा अभिनेता हमालले देशको अधिकांश भाग र समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रहरूमा अभिनय गरिसकेको तर अब मधेश र मैथिली क्षेत्र प्रतिनिधित्व हुनेगरी फिल्ममा काम गर्ने इच्छा रहेको बताए । 

मधेश तथा मैथिली क्षेत्रको प्रतिनित्व हुने गरी फिल्ममा अहिलेसम्म किन गर्नु भएन भन्‍ने प्रस्तोताको जिज्ञासामा अभिनेता हमालले भने, 'देशको पूर्वदेखि पश्‍चिम र हिमालदेखि तराई मधेशका विभिन्‍न समुदायको प्रतिनिधित्व हुने गरी फिल्ममा काम गरे । तर मैथिली भाषा र मिथिलाको प्रतिनिधित्व हुनेगरी फिल्ममा काम गर्ने अवसरै पाएन ।'


हमालले मैथिली फिल्ममा अभिनय गर्ने इच्छा र सोख भएपनि अहिलेसम्म कसैले अवसर नदिएको बताए । आगामी दिनमा मिथिलाको प्रतिनिधित्व हुनेगरी वा मैथिली भाषाको फिल्ममा अभिनय गर्ने अवसर पाएँ काम गर्ने हमालले बताए । 

हमालले नेपाली फिल्मले प्रविधिमा फड्को मारेपनि त्यो पर्याप्त नभएको बताए । नेपाली फिल्मले अझै विश्‍वस्तरमा प्रतिष्पर्धात्मक रूपमा उपस्थित हुनेगरी फड्को मार्न नसकेको उनको भनाइ छ । 


Author

थप समाचार
x