कला

‘जिन्दगी नामिलेगी दोबारा’को सिक्वेल बन्दै, आलिया मुख्य कलाकार

इकागज |
फागुन २४, २०७७ सोमबार १३:१५ बजे

मुम्बई :  दस वर्षअघि जोया अख्तरले बनाएको रोड ड्रामा ‘जिन्दगी ना मिलेगी दोबारा’ बक्स अफिसमा मात्र सफल भएको थिएन समीक्षकले पनि उत्तिकै रुचाएका थिए । आज पनि ‘रोड मुभी’ वा ‘बड्डी ड्रामा’मा यसलाई उम्दा मानिन्छ । 

यो फिल्म प्रदर्शन भएको १० वर्षपछि जोया अख्तर र फरहान अख्तरले यसको सिक्वेल बनाउने तयारी गरिरहेका छन् । केही दिनअघि पिंकभिल्लासँगको अन्तर्वार्तामा फरहानले यसको संकेत गरेका हुन् ।


उनले दिएको संकेत अनुसार सिक्वेल भने महिला केन्द्रित हुनेछ । पहिलो भागमा भने ऋतिक रोशन, अभय देवल र फरहान अख्तरले अभिनय गरेका थिए । 
दोस्रो भागको निर्देशन भने फरहान अख्तरले गर्नेछन् र फिल्मका एउटा कास्टका लागि उनीहरूले आलिया भट्टलाई प्रस्ताव गरिसकेका छन् ।

आलिया पनि फिल्मका लागि उत्साहित रहेको बताइएको छ । बाँकी दुई हिरोइन पनि चलेकै लिने निर्माण पक्षको तयारी छ ।  आलिया यो साल पुरै व्यस्त छन् । यता फरहान पनि राकेश शर्माको बायोपिकमा बनिरहेको फिल्म ‘सारे जहाँ से अच्छा’को सुटिङ गर्ने तयारीमा छन् ।

त्यसैले यो फिल्मको सुटिङ भने सन् २०२२ मा मात्र हुनेछ । आलिया हाल ‘गंगुबाई कठिया बाडी’ र ‘ब्रम्हास्त्र’को सुटिङ गरिरहेकी छिन् । 
 


Author

थप समाचार
x