कला

२५ दिनमा सकियो सौगात र सृष्टिको ‘राधा’

इकागज |
फागुन २५, २०७७ मंगलबार १२:४१ बजे

काठमाडौं :  सुवर्ण थापाको निर्देशन रहेको फिल्मको सुटिङ २५ दिनमा सकिएको छ । थिएटरका अधिकांश कलाकारको अभिनय रहेको फिल्मको निर्धारित समयमा नै सुटिङ सकिएको हो । फिल्मका छायांकार नरेन्द्र मैनालीले सोमबार फेसबुकमा स्ट्याटस लेख्दै यसको जानकारी दिएका हुन् ।

‘सुनगाभा’, ‘फन्को’ र ‘बाटोमुनिको फूल २’ निर्देशन गरेका सुवर्ण थापाको यो चौथो फिचर फिल्म हो । सुवर्णसँगै सौगात मल्ल र सृष्टि श्रेष्ठसमेत निर्माता रहेको फिल्ममा सौगात र सृष्टिसँगै खगेन्द्र लामिछाने, राजन खतिवडा, बुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ ।


फिल्ममा दयाहाङ राई अतिथि भूमिकामा देखिनेछन् । फिल्मको दामन र काठमाडौंका विभिन्न ठाउँमा सुटिङ गरिएको हो ।  यो फिल्मसँगै सौगात र सृष्टिले निर्माताको यात्रा पनि सुरु गरेका छन् । यसअघि दुवैले प्रशान्त रसाइलीलाई लिएर फिल्म बनाएको चर्चा चलेको भए पनि त्यसको जानकारी बाहिर आएको छैन ।

अफेयरमा रहेको जोडी खेलेका लगभग आधा दर्जन फिल्म रिलिजको पर्खाइमा छन् । 


Author

थप समाचार
x