पहिलो बन्ड गर्लको बिकनी लिलामीमा
जेम्स बन्ड सिरिजको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ यही साल नोभेम्बरमा रिलिज हुनेवाला थियो । तर, कोरोना महामारीका कारण फिल्म अर्को सालको अप्रिलमा पुग्यो । यो फिल्मको रिलिजलाई लिएर हल यति आशावादी थिए कि फिल्म रिलिज नहुने भएपछि बेलायतको सबैभन्दा ठूलो सिनेमा हल चेन ‘सिनेवल्र्ड’ले हल नै बन्द गर्ने निर्णय गर्यो । ‘सिनेवल्र्ड’ले स्थिति सामान्य भएपछि मात्र खोल्ने निर्णय गरेको छ ।
तर, तपाईं जेम्स वन्डको फ्यान हुनुहुन्छ र गोजी पनि भरिलै छ भने तपाईंसँग जेम्स बन्डकी प्रेमिकाले लगाएको बिकिनी आफूसँग राख्न पाउने अवसर आएको छ । ताजा खबर अनुसार ‘अक्सनर्स प्रोफाइल इन हिस्ट्री’ले जेम्स बन्डको सिरिजको पहिलो फिल्म ‘डा नो’मा बन्ड गर्ल उर्सुला एन्ड्रेसले लगाएको सेतो बिकिनी लिलामी गर्ने भएको छ ।
उर्सुलाले लगाएको बिकिनी नोभेम्बर १२ र १३ गरी दुई अमेरिकाको लसएन्जल्समा राखिनेछ । लिलामीमा बिकिनीको आधारमूल्य ५लाख अमेरिक डलर राखिएको छ जुन नेपालीमा रुपान्तरण गर्दा ६ करोड बराबर हुन आउँछ ।
यो साल मात्र चौरासी मनाएकी उर्सुलाले उसबेला लगाएको बिकिनी फिल्मभन्दा ज्यादा हिट भएको थियो । उर्सुलाले यो विकनी सन् २००१ मा लन्डनमा लिलाम गरेकी थिइन् । उसबेला यो ४५ हजार अमेरिकी डलरमा बिकेको थियो । इयान फ्लेमिङको उपन्यासमा आधारित फिल्मलाई टेरेन्स योङले निर्देशन गरेका थिए । बन्दुकको नालबाट जेम्ड बन्डको परिचय गराउने, थिम संगीत आदि शैली यही फिल्मबाट सुरु भएको थियो जुनपछि बन्ड फिल्मको पहिचान बनेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया