कला

राजाराम पौडेललाई भैरव पुरस्कार

इकागज |
कात्तिक २०, २०७७ बिहीबार १३:७ बजे

काठमाडाैं : कलाकार राजाराम पौडेललाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै भैरव अर्याल गुठीले भैरव पुरस्कार रामकुमार पाँडेलाई प्रदान गर्ने भएकाे छ । 

भैरव हास्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार हरेक दुई वर्षमा वितरण गरिँदै आएको छ । वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा. डा.खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।


पाँडेको पहिलो हास्यव्यंग्य निबन्ध ‘म आग्लो भएँ’ २०१८ सालमा प्रकाशित भएको थियो । प्राध्यापन पेशामा संलग्न पाँडेका ‘सञ्चै छ?’, ‘खप्पर’, ‘रसरङ्गी’, ‘तालबेताल’, ‘१०१ हास्यव्यंग्य’ लगायत कृति प्रकाशित छन् ।

२०३७ सालमा रिलिज भएको ‘बासुदेव’मा सानो भूमिका गर्दै दृश्य अभिनयमा होमिएका राजाराम पौडेलले  तीन सय ज्यादा फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् । 

विसं २०४६ देखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा आउँदो सालबाट बर्सेनि वितरण गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।


Author

थप समाचार
x