'मुत्युञ्जय मन्त्र' गाउँदै गायक बनिन् मनीषा
काठमाडौं : बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रीको अवसरमा 'महामुत्युञ्जय मन्त्र' सार्वजनिक गरेकी छन् । मुत्युञ्जयमा मनीषासँगै सुरसुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामुत्युञ्जयमा संस्कृत शब्द छन् ।
यो महामुत्युञ्जय सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन् । पशुपति परिसरमा खिचिएको गीतमा राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितार हामीले महामुत्युञ्जयमा सुन्न सक्छौँ ।
मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि यो मन्त्र तयार गरिएको गायिका मनीषाले जानकारी दिइन् । 'यसलाई पश्चिमी र पूर्वी संगीतमा एरेञ्ज गरेका हौँ, मनीषाले भनिन् ।
टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् भने, उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन् । दीप तुलाधरले रेकर्ड गरेको यस मन्त्रको भिडियो श्री पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया