कला

ग्रामीको ६३ औं संस्करणमा रेकर्डको वर्षा

इकागज |
चैत २, २०७७ सोमबार १३:३१ बजे

लसएन्जल्स : आइतबार अमेरिकामामा बाँडिएको ग्रामी अवार्डमा अनेक रेकर्ड बनेका छन् । महामारीका बीच पनि कलाकारको उपस्थितिमा सम्पन्न अवार्डमा थुप्रै रेकर्ड बने । ग्रामीमा बनेको केही रेकर्ड यसप्रकार रहेका छन् । 

सबैभन्दा धेरै अवार्ड जित्ने बियोन्से 


आइतबार अमेरिकामा ग्रामी अवार्डको नयाँ संस्करण सकिँदै गर्दा थुप्रै रेकर्ड बने । तर, यो सालको ग्रामी विशेष बन्यो गायिका बियोन्सेका लागि । यो पटक पनि अवार्ड जितेसँगै बियोन्से ग्रामीको इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने महिला बनिन् । बियोन्सेले अहिलेसम्म २८ वटा ग्रामी जितिसकेकी छिन् भने उनीभन्दा पहिला यो रेकर्ड अलिसन क्रुसको नाममा थियो । पुरुषको समेत हिसाब गर्दा भने बियोन्से दोस्रो नम्बरमा छिन् । ३१ ग्रामीसहित पहिलो नम्बरमा भने जर्ज सोल्टी रहेका छन् । आइतबार अघि बियोन्से कुल ग्रामी जित्नेमा छैटौं नम्बरमा थिइन् । बियोन्सेसँगै क्विन्सी जोन्स पनि २८ ग्रामीसहित दोस्रो नम्बरमा छिन् । उनले आइतबार मात्र आफ्नो खातामा चार अवार्ड थपेकी थिइन् । 

एल्बममा टेलरको रेकर्ड
आइतबार नै टेलर स्विफ्टको नाममा पनि नयाँ रेकर्ड बन्यो । लकडाउनकै बीचमा निकालिएको ‘फ्लोकलोर’ले उत्कृष्ट एल्बमको उपाधि जितेपछि टेलर उत्कृष्ट एल्बमको अवार्ड तीन अवार्ड जित्ने पहिलो गायिका बनिन् । उनले सन् २०१० मा र सन् २०१६ मा पनि उत्कृष्ट एल्बमका लागि ग्रामी जितेकी थिइन् । पुरुषतर्फ भने तीन पटक एल्बमका लागि ग्रामी जित्ने फ्रान्स सिनात्रा, पल सिमन र स्टिभ वन्डरको नाममा छ । 
पहिलो एल्बम ‘फियरलेस’का लागि उत्कृष्ट एल्बमको उापधि जित्दा टेलरले सबैभन्दा कम उमेरमा यो विधाको अवार्ड जित्ने कीर्तिमान पनि राखेकी थिइन् । त्यतिबेला टेलर २० वर्षकी थिइन् । 

ग्रामीमा महिलाको वर्चस्व
६३ औं संस्करणको ग्रामी महिलाले धेरै अवार्ड जित्ने मामलामा पनि ऐतिहासिक रह्यो । बियोन्से र टेलर स्विफ्टसँगै यो पालि बिल्ली एलिस र मेगन दि स्टेलनले पनि आआफ्नो विधामा अवार्ड जिते । यसैगरी पप गायनमा दुवा लिपाले र हरले रेकर्ड अफ दि इयरको अवार्ड जितिन् । त्यसैगरी मिरान्डा लाम्बार्टले पनि उत्कृष्ट कन्ट्री एल्बमको अवार्ड जितेकी थिइन् । 
लसएन्जल्सको स्टेपल सेन्टरमा भएको कार्यक्रमको सञ्चालन ट्रेभर नोआले गरेका थिए । कार्यक्रम बिल्ली एलिस, दुवा लिपा, कार्डी बी, ब्याड बन्नी आदिले गीत प्रस्तुत गरेका थिए । 


Author

थप समाचार
x