कला

रुपक अलङ्कारको महाकाव्य ’विश्रान्त’ सार्वजनिक

रुपक-अलङ्कारको-महाकाव्य

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:१ बजे

काठमाडौं- कवि तथा लेखक रुपक अलङ्कारको महाकाव्य ’विश्रान्त’ सार्वजनिक भएको छ। आज (शनिबार) एक कार्यक्रमका बीच उनको नवीन कृति सार्वजनिक गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएकाे कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृतिको सार्वजनिक गरे ।

कविता, गजलका साथै निबन्ध विधामा कलम चलाउने अलङ्कारले पहिलो कृतिका रुपमा महाकाब्य ल्याएका हुन्। महाकाब्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मुल्य ३ सय ७५राखिएको छ।



Author

थप समाचार
x