कला

‘चिसो एष्ट्रे’ले मलाई असल मानिस बनायो : सृष्टि श्रेष्ठ

चिसो-एष्ट्रेले-मलाई-अस

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:३ बजे

काठमाडौँ- फिल्म ‘चिसो एष्ट्रे’ मा काम गरेपछि आफू थप पोजेटिभ भएको अभिनेत्री सृष्टि श्रेष्ठले बताएकी छिन् । आइतबार मुलधारका सञ्चारमाध्यमसँग कुरा गर्दै उनले फिल्ममा काम गर्दाको अनुभव सुनाउने क्रममा यो फिल्ममा काम गर्दा पोजेटिभ इनर्जी आएको बताएकी थिइन् ।

‘मैले दुई वर्ष यो टिमसँग बिताएँ । पहिलो चोटि मलाई फिल्मको सेटमा बस्दा मेडिटेसन गरेजस्तो फिल्म भयो । व्यक्तिगत रुपमा पनि असल मानिस भएर निस्किएँ,’ सृष्टिले भनिन् । सृष्टिले फिल्ममा शालीनताको चरित्र निर्वाह गरेकी छिन् जो इन्स्टलेसन आर्टिस्ट हुन् । सृष्टिले ‘रोमियो एन्ड मुना’ मा कलाकारकै रुपमा अभिनय गरेकी छिन् । सृष्टि त्यो फिल्ममा फाइन आर्टको अभ्यास गर्छिन् । दुवै फिल्ममा कलाकार बनेको भए पनि दुवैको चरित्रमा आकाश जमिनको फरक रहेको उनले बताइन् ।

‘चिसो एस्ट्रेको शालीनता र रोमियो एन्ड मुनाको मुनाबीचमा धेरै फरक छ । मुना जीवन र सम्बन्धलाई लिएर जति अस्पष्ट थिई शालीनतामा त्यो दुविधा छैन,’ उनले भनिन्, ‘शालीनता धुलो धुवाँ र फोहोरले भरिएको काठमाडौँमा कला देख्ने मान्छे । उसको ग्राफ नै फरक छ ।’

सृष्टिलाई ट्रेलरमा पनि तारहरूको बीचमा ह्वाइट बटरफ्लाई टाँग्दै गरेको देखाइएको छ र उनले काठमाडौँलाई सिंगिङ बलको रुपमा चित्रित गरेको पनि देखाइएको छ ।चैत ४ गते प्रदर्शन हुने फिल्ममा दिव्यदेव, निकुन श्रेष्ठ, नविन लम्साल, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका हुन् ।



Author

थप समाचार
x