कला

‘कृ’ निर्देशकको ‘बाबरी’बाट नितेश आउट, धिरज मगर इन !

इकागज |
चैत ३, २०७७ मंगलबार ११:५६ बजे

काठमाडौं : सुटिङको अन्तिम तयारी रहेको ‘बाबरी’ले अन्तिम समयमा कलाकार हेरफेर गर्ने भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बन्न गइरहेको फिल्मबाट गायक नितेशजंग कुँवर आउट भएका छन् भने उनको ठाउँमा धिरज मगर इन हुने भएका छन् ।

यद्यपि निर्माण टिमले धिरजसँग कागजी सम्झौता भने गरिसकेको छैन । ‘कृ’ अभिनेत्री अदिती बुढाथोकीले निर्माण गर्न लागेको यो फिल्ममा नितेशले उनको अपोजिटमा काम गर्ने गरी वर्कसपसमेत गरेका थिए । तर, सुटिङको मुखमा नै कोरोना भाइरसको महामारी सुरु भएपछि यो फिल्म फ्लोरमा जान सकेको थिएन ।


त्यसको ठीक एकवर्षपछि फिल्म फ्लोरमा जाने तयारीमा रहँदा मुख्य कलाकार हेरफेर हुन लागेका हुन् । निर्माण टिम र धिरजबीच मौखिक सम्झौता भइसकेको छ तर लेखापढी भने हुन बाँकी छ । धिरज ‘आइ एम ट्वान्टी वान’को बाँकी सुटिङका लागि धरान निस्किएका कारण यसको काम सकिएपछि मात्र दुवैबीच सम्झौता हुनेछ । 

अब फिल्ममा अदितीले दुई धिरजसँग रोमान्स गर्नेछिन् । दुई फिल्म रहने हिरोमा निर्माण टिमले यसअघि नै तृप्ति नाडकरका छोरा धिरज टोटलानीलाई अनुबन्ध गरिसकेका छन् । फिल्मको सुटिङ चैत २० बाट गर्ने सुरु गर्ने र्निाण टिमको तयारी छ । ‘आभास’बाट निर्देशनमा डेब्यू गरेका सम्पादक सुरेन्द्र पौडेलले अनमोल र अदितीलाई लिएर ‘कृ’को निर्देशन गरेका थिए । 


Author

थप समाचार
x