अस्करको मनोनयनमा एसियाको धाक, कोको परे मनोनयनमा ?
लसएन्जल्स : सोमबार साँझ एसियाका फिल्ममेकरका लागि ऐतिहासिक रह्यो । ९३ औं संस्करणको मनोनयन एसिया महादेशको प्रतिनिधित्व गर्ने बलिउड अभिनेत्री प्रियंका चोपडाले मात्र गरिनन् यो साल अस्करको मनोनयनमा एसियाली कलाकारको राम्रो धाक पनि देखियो ।
फिल्मको उत्कृष्ट अभिनेताको मनोनयनमा एसियाली मुलका दुई कलाकारले ठाउँ पाए भने उत्कृष्ट निर्देशकमा पनि क्लोइ झाओले दाबेदारी प्रस्तुत गर्दै अस्करमा एसियाको उपस्थिति दमदार पारिन् । उत्कृष्ट अभिनेताको दौडमा पाकिस्तानी मुलका रिज अहमतले ‘साउन्ड अफ मेटल’बाट आफूलाई अब्बल सावित गरे भने ताइवानी मुलका स्टिभ युले पनि ‘मिनारी’का लागि अभिनेतामा मनोनयन पाए ।
गत साल अस्करमा दक्षिण कोरियाको ‘प्यारासाइट’ले उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकसँगै पटकथामा समेत अवार्ड जिते पनि यो फिल्मका कुनै पनि कलाकार अभिनय विधाको मनोनयनमा अटाएका थिएनन् । यसअघि एसियाको कथामा बनेका ‘लाइफ अफ पाई’, ‘स्लमडग मिलियर’, ‘क्राउचिङ टाइगर हिडन ड्रागन’ जस्ता फिल्मले अस्करमा अन्य विधाको अवार्ड जिते पनि अभिनय विधामा भने मनोनयनसम्म पनि पाएका थिएनन् ।
‘मिनारी’ले एसियाका लागि अर्को उपलब्धि पनि हासिल गर्यो । यो फिल्मकी निर्माता क्रिस्टिना ओह उत्कृष्ट फिल्मको मनोनयन ग्रहण गर्ने पहिलो निर्माता बनिन् । यही फिल्मका निर्देशक ली आइज्याक चुङ पनि पटकथा विधाको मनोनयनमा अटाए ।
अप्रिल २५ मा हुने अन्तिम प्रतिस्पर्धाका लागि ‘मंक’ले सर्वाधिक १० विधामा मनोनयन पाएको छ । गोल्डेन ग्लोबमा उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड जितेको ‘नोमडल्यान्ड’ ‘मंक’ पछि सर्वाधिक ६ विधामा मनोनयनमा परेको छ ।
हेर्नुस् अस्करको मनोनयनमा परेको फिल्मको सूची
उत्कृष्ट फिल्म
द फादर
जुडस एण्ड द ब्ल्याक मसाया
म्यांक
मिनारी
नोम्याडल्यान्ड
प्रमिसिङ योङ वुमन
साउन्ड अफ मेटल
द ट्रायल अफ सिकागो सेभेन
निर्देशन
थमस भिन्टरवर्ग (एनदर राउन्ड)
डेभिड फिन्चर (म्यांक)
ली आइज्याक चङ (मिनारी)
क्लोई चाउ (नोम्याडल्यान्ड)
एमेरेल्ड फिनाल (प्रमिसिङ यङ वुमन)
उत्कृष्ट अभिनेता
रिज अहमद (साउन्ड अफ मेटल)
चाडविक बोसमन (मा रेनिज ब्ल्याक बटम)
एन्थनी हप्किन्स (द फादर)
ग्यारी वल्डमेन (म्यांक)
स्टिभन यङ (मिनारी)
उत्कृष्ट सह-अभिनेता
सासा ब्यारेन कोहेन (ट्रायल अफ सिकागो सेभेन)
ड्यानियल कलुया (जुडस एण्ड दि ब्ल्याक मसाया)
लेज्ली ओडम जुनियर (वान नाइट इन मयामी)
पल रासी (साउन्ड अफ मेटल)
लकिथ स्ट्यान्डफिल्ड (जुडस एण्ड दि ब्ल्याक मसाया)
उत्कृष्ट अभिनेत्री
भायोला डेभिस (मा रेनिज ब्ल्याक बटम)
एन्ड्र डे (द युनाइटेड भर्सेस बिल्ली हलिडे)
भेनेसा कर्बी (पिसेस अफ अ वुमन)
फ्रान्सेस म्याकडोरमेन्ड (नोम्याडल्यान्ड)
केरी मलिगन (प्रमिसिङ यङ वुमन)
उत्कृष्ट सह-अभिनेत्री
मरिया बकालोभा (बोराट सब्सिक्वेन्ट)
ग्लेन क्लोज (हिलिबिली एलिजी)
ओलिभिया कोलम्यान (द फादर)
अमान्डा साइफ्रड (म्यांक)
यजङ उङ (मिनारी)
एनिमेटेड फिचर फिल्म
अनवार्ड
ओभर द मुन
अ सन द सिप मुभी : फार्मेगेडन
सोल
वुल्फवाकर्स
सिनेम्याटोग्राफी
जुडस एण्ड दि ब्ल्याक मसाया
म्यांक
न्यूज अफ द वर्ल्ड
नोम्याडल्यान्ड
द ट्रायल अफ सिकागो सेभेन
कस्ट्युम डिजाइन
एमा
मा रेनिज ब्ल्याक बटम
म्यांक
मुलान
पिनाकियो
डकुमेन्ट्री फिचर
कलेक्टिभ
क्रिप क्याम्प
द मोल एजेन्ट
माइ अक्टोपस टिचर
टाइम
डकुमेन्ट्री सर्ट सब्जेक्ट
कलेट
अ कन्सर्टो इज अ कन्भरसेसन
डुनट स्प्लिट
हन्गर वार्ड
अ लभ सङ फर लतासा
फिल्म सम्पादन
द फादर
नोमाडल्यान्ड
प्रमिसिङ योङ वुमन
साउन्ड अफ मेटल
द ट्रायल अफ द सिकागो सेभेन
अन्तर्राष्ट्रिय फिचर फिल्म
एनोदर राउन्ड (डेनमार्क)
बेटेर डेज (हङकङ)
कलेक्टिभ (रोमानिया)
द म्यान हु सोल्ड हिज स्किन (ट्युनिसिया)
को वाडिस, आइडा (बोस्निया एण्ड हर्जगोभिना)
मेकअप एण्ड हेयर स्टाइलिङ
एमा
हिलिबिली एलिजी
मा रेनिज ब्ल्याक बटम
म्यांक
पिनाकियो
संगीत
म्यांक
मिनारी
न्यूज अफ दि वर्ल्ड
सोल
गीत
फाइट फर यु (जुडस एन्ड द ब्ल्याक मसाया)
हियर माइ भ्वइस (द ट्रायल अफ सिकागो सेभेन)
हुसभिक (योर भिजन सङ कन्टेस्ट, द स्टोरी अफ फायर सागा)
ईयो सी (सीन) (द लाइफ अहेड)
स्पीक नाउ : वान नाइट इन मयामी
प्रोडक्सन डिजाइन
द फादर
मा रेनिज ब्ल्याक बटम
म्यांक
न्यूज अफ द वर्ल्ड
टेनेट
सर्ट फिल्म (एनिमेटेड)
बरो
जिनियस लोसाइ
इफ एनिथिङ ह्यापेन्स आइ लभ यु
ओपेरा
एस पिपुल
सर्ट फिल्म (लाइभ एक्सन)
फिलिङ थ्रु
द लेटर रुम
द प्रेजेन्ट
द टु डिस्टेन्ट स्ट्रेन्जर्स
ह्वाइट आई
ध्वनी
ग्रेहाउन्ड
म्यांक
न्यूज अफ द वर्ल्ड
सोल
साउन्ड अफ मेटल
भिजुअल इफेक्ट्स
लभ एण्ड मोन्स्टर
द मिडनाइट स्काई
मुलान
द वान एण्ड वन्ली आइभिन
टेनेट
एडप्टेड स्क्रिनप्ले
बोराट सब्सिक्वेन्ट मुभी : सासा ब्यारेन कोहेन, एन्थनी हायन्स, ड्यान्स वाइमर
पिटर बेनर, एरिका रिभोनोया, ड्यान मेजर, जेना फ्रिडम्यान, ली कर्न
द फादर : क्रिस्टोफर ह्याम्टन, फ्लोरियन जेलर
नोम्याडल्यान्ड : क्लोई चाउ
वान नाइट इन मयामी : केम्प पावर्स
द ह्वाइट टाइगर : रमिन बरानी
ओरिजिनल स्क्रिनप्ले
जुडस एण्ड द ब्ल्याक मसाया : वील वर्सन, साका किङ्ग
मिनारी : ली आइज्याक चङ
प्रमिसिङ योङ वुमन : एमेरेल्ड फिनेल
साउन्ड अफ मेटल : डेरियस माडर र एब्राहम माडर
ट्रायल अफ सिकागो सेभेन : एरेन सरकिन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया