कला

प्रमोदकाे 'ए’ र वर्षाको ‘ए साथी.. ’ एकै दिन सुटिङमा

इकागज |
चैत ३, २०७७ मंगलबार १८:२५ बजे

काठमाडौं : प्रमोद अग्रहरी र वर्षा सिवाकोटीले अभिनय गर्ने फरक फरक फिल्मको सुटिङ एकै दिनबाट सुरु भएको छ । वर्षा सिवाकोटीको फिल्म ‘ए साथी सुन’ र प्रमोद अग्रहरीको ‘ए’को सुटिङ मंगलबारबाट सुरु भएको हो । जहाँ वर्षाले हेटौंडाबाट फिल्मको सुटिङ थालेकी हुन् भने प्रमोदले कमलादी गणेश मन्दिरमा पूजा गर्दै सुटिङ थालेका हुन् । 

राम राघव आचार्यको निर्देशन रहेको फिल्ममा वर्षाले नवनायक रमेश बानियाँसँग स्क्रिन सेयर गर्नेछिन् । धरानमा समेत सुटिङ हुने फिल्म सस्पेन्स थ्रीलर विधामा निर्माण हुने निर्माण टिमले जनाएको छ । फिल्मको एक गीतमा किरण भुजेल र अन्जु पन्तको स्वर रहेको छ । फिल्ममा जयनन्द लामा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । बिना कार्कीले निर्माण गर्न लागेको फिल्ममा  मानकृष्ण महर्जनको छायांकन रहनेछ । 


प्रमोदसँगै छुल्ठिम गुरुङ र रिस्ता बस्नेतको समेत अभिनय रहने फिल्म पनि थ्रीलर विधाकै हो । यो फिल्मलाई भोमन कटुवालले निर्देशन गर्न लागेका हुन् । मंगलबारबाट पाटनमा सुरु भएको फिल्मले काठमाडौंसँगै बनेपामा पनि सुटिङ गर्ने जनाइएको छ । 
 


Author

थप समाचार
x