कला

मिस्टर नेपालको अडिसन शुरु

इकागज |
फागुन २८, २०७८ शनिबार १६:२३ बजे

काठमाडौं– मिस्टर नेपालले आजबाट मिस्टर नेपालको अडिसन शुरु गरेको छ । काठमाडौंबाट शुरु भएको अडिशन देशभर नै गर्ने पनि शुरु गरिएको हो ।

सो अवसरमा नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।


शनिवार काठमाण्डौमा अडिशन शुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली ब्याबसायीलाई नै सहयोग पुग्ने बताए ।

उनले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने उनको भनाइ थियो। आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वल्र्डको बाटो खुला गरेको पनि बताए ।
 


Author

थप समाचार
x