कला

सञ्जिवको ‘नहेर मलार्ई’ सार्वजनिक

इकागज |
कात्तिक २१, २०७७ शुक्रबार १३:१३ बजे

गायक सञ्जिव पराजुलीको नयाँ गीत ‘यसरी नहेर मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा होमनाथ न्यौपानेको शब्द, सचिन सिंहको संगीत तथा गोपाल रसाइलीको एरेन्ज छ ।

‘दी भ्वाइस अफ नेपाल’को स्टुडियोमा छायांकन गरिएको भिडियोमा गायक सञ्जिव फिचर्ड छन् । भिडियोमा वाद्यवादकहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर र विक्रम थापालाई पनि देख्न सकिन्छ । गीतले एक युवतीप्रति एक युवकको प्रेमभावलाई व्यक्त गरेको छ ।


लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन, सोहन मानन्धरको सम्पादन तथा रंग संयोजन छ । गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’, ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत रुचाइएका गीतमा पर्छन् ।


Author

थप समाचार
x