कला

‘अला बैकुण्ठपुरमुलो’को हिन्दी रिमेकमा कार्तिक आर्यनको जोडी कृति

इकागज |
चैत ६, २०७७ शुक्रबार १४:४४ बजे

मुम्बई : अघिल्लो साल रिलिज भएको ‘अला बैकुण्ठपुरमुलो’ त्यो सालको सबैभन्दा कमाउने फिल्म थियो । अल्लु अर्जुन र पूजा हेगडेको मुख्य भूमिका रहेको फिल्मले बक्स अफिसमा थुप्रै कीर्तिमान बनाएको थियो ।

तेलगु भाषामा भनेको यो फिल्म हिन्दी भर्सनविना पनि २ सय करोड कमाउने पहिलो तेलगु फिल्मको कीर्तिमान बनाएको थियो । अहिले यो फिल्मको पनि हिन्दीमा रिमेक हुने चर्चा छ । यसका लागि हिन्दी निर्माण टिमले रोहित धवनलाई निर्देशनको जिम्मा पनि दिइसकेको छ ।


तर, फिल्मको मुख्य भूमिकामा को रहने टुंगा थिएन । तर, बलिउडलाइफले लेखेको समाचार अनुसार फिल्ममा अल्लु अर्जुनको भूमिकाका लागि कार्तिक आर्यनसँग कुरा फाइनल भएको छ भने उनको जोडीका लागि कृति सेननलाई फाइनल गरिएको छ । 

कार्तिक र कृतिले यसअघि ‘लुकाछिपी’मा सँगै काम गरेका थिए । आधुनिकता र परम्पराको घानमा पिसिएका युवा युवतीको कथा प्रस्तुत गरिएको फिल्म बक्स अफिसमा हिट मानिएको थियो । यो फिल्मको सुटिङ जुन महिनादेखि सुरु गर्ने तयारी भइरहेको छ । 

तर, कृति सेनन फिल्मका लागि इच्छुक भए पनि उनको व्यस्त समय कसरी मिलाउने ? निर्माण टिम सकसमा छ । कृति अहिले ‘भेडिए’को सुटिङ गरिरहेकी छिन् भने यसपछि उनले ‘आदिपुरुष’को सेट ज्वाइन गर्नेछिन् । यसपछि उनले टाइगर श्राफको ‘गणपत’मा काम गर्नेछिन् ।  
 


Author

थप समाचार
x