पल शाहलाई थुनामा पठाउँदा प्राप्त प्रमाणको कागजात माग
पोखरा - उच्च अदातल पोखराले अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामा पठाउने आदेश गर्दा लिएका प्रमाणको कागजात माग गरेको छ ।
मंगलबार शाहले दिएको निवेदनका आधारमा उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले बुधबार कैफियत माग गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।
जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उनले जानकारी दिए । शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बहसपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने ओदश गरेका थिए । सो आदेश बेरितपूर्ण भएको जिकिर गर्दै शाहले आफ्नो क्षेत्राधिकार रहेको उच्च अदालत पोखरामा निवेदन दिएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया