कला

भागवत गीता स्कुलमा पनि पढाउनु पर्छ

इकागज |
चैत ८, २०७७ आइतबार १५:३ बजे

मुम्बई : अभिनेत्री मौनी रोयले भागवत गीता देशभर पढाउनु पर्ने धारणा राखेकी छिन् । उनले गीता धार्मिक पुस्तक नभएर जीवनको सार भएकाले पनि यसलाई भारतभर पढाउनु पर्ने धारणा राखेकी हुन् । 

‘यसलाई धेरैले धार्मिक पुस्तकको रुपमा बुझ्नु भएको छ । मैले पनि लकडाउन अघिसम्म यस्तै सोच्थेँ । तर, लकडाउनमा फेरि यो पुस्तक पढ्दा यसमा त संसार रहेछ भन्ने ज्ञान भयो,’ उनले भनिन्, ‘त्यसैले यसलाई संसारकै मानिसले पढ्नु पर्छ भन्ने लाग्यो ।’


मौनीले सानो उमेरमा नै गीता सार पढेकी थिइन् । तर, लकडाउनको समयमा फेरि उनले गीता पढ्ने मौका पाइन् । यतिबेला भने उनले गीतामा धर्मको कुराभन्दा आफ्नो दैनिक जीवनलाई उपयोगी हुने कुराहरू भएको महसुस गरिन् । यसपछि उनलाई लाग्यो यसलाई सानो उमेरदेखि नै पढाउँदा बेस हुन्छ ।

टेलिभिजन हुँदै फिल्ममा आएकी मौनी रोय यतिबेला आयन मुखर्जीको निर्देशन रहेको फिल्म ‘ब्रम्हास्त्र’मा अभिनय गरिरहेकी छिन् । यो फिल्ममा अमिताभ बच्चन, रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिका रहेका छन् । फिल्ममा नागार्जुन र शाहरुख खान पनि अतिथी भूमिकामा रहनेछिन् । 
 


Author

थप समाचार
x