सलमान खान र कट्रिनालाई हेर्न कम्तिमा ५ हजार रुपैयाँ लाग्ने
काठमाडौं– आउँदो जेठ १४ गते दशरथ रंगशालामा ‘दबङ रिलोडेड टुर’ हुँदैछ । ‘दबङ रिलोडेड टुर’ मा सलमान खान सहभागी हुनेछन् । उनका अलावा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् ।
‘दबङ रिलोडेड टुर’ को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म तोकिएको छ ।
कार्यक्रमको जानकारी दिन सलमानका भाई सोहेले काठमाडौं आएका छन् । उनले पत्रकार सम्मेलन गर्दै ‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने बताए । उनले शो हेर्नका लागि आउन सबैलाई अनुरोध गरेका थिए ।
बलिउड अभिनेतासमेत रहेका सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।
बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् ।
‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन । अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’
जेठ १४ गते विहान ११ बजेदेखि दशरथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो । सुरुमा नेपाली कलाकारको प्रस्तुती राखिएको छ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया