कला

‘पठान’का लागि शाहरुखलाई कीर्तिमानी पारिश्रमिक

इकागज |
चैत ११, २०७७ बुधबार १८:१६ बजे

मुम्बई : ‘जिरो’ फ्लप भएपछि धेरैले शाहरुख खानका दिन सकिएको अनुमान गरेका थिए । कट्रिना कैफ र अनुष्का शर्मा हुँदा समेत फिल्मले दर्शक बोलाउन नसकेपछि शाहरुखको स्टारडम कमजोर भएको टिप्पणी हुने गरेको थियो ।

नभन्दै त्यसयता शाहरुखले कुनै पनि फिल्म गरेनन् । दुई वर्षपछि उनले पर्दामा फर्कनका लागे छानेका थिए ‘पठान’ । यशराज फिल्मले बनाउन लागेको यो फिल्ममा जोन अब्राहम र दीपिका पादुकोन पनि मुख्य भूमिकामा छन् । तर, यो फिल्मका लागि उनले कीर्तिमानी रकम लिएको रहस्य खुलेको छ ।


बलिउड लाइफले लेखेको समाचारअनुसार यो फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका हुन् ।  जबकि उनका समकक्षी अभिनेताले ३०÷४० करोड वापतको लिने गरेका छन् । 

पछिल्लो समयमा बलिउडमा सलमान खान, शाहरुख खान, अक्षयकुमार,आमिरले खानले आफ्नो अभिनयवापतको पारिश्रमिक  सेयरको रुपमा लगानी गर्ने गरेका छन् । फिल्मले कमाउँदा उनीहरूको भागमा पनि सोहीअनुसारको रकम हात पर्छ ।

तर, शुद्ध पारिश्रमिक लिएर काम गर्ने फिल्ममा भने उनीहरूले ३०÷४० लिने गरेको समाचार आउने गरेका थिए । तर, बाहिर आएको समाचार सत्य हो भने ‘पठान’मा उनले लिएको रकम कीर्तिमानी हो । यशराजले भने आफूले बनाउने फिल्ममा कलाकारलाई पूरा पारिश्रमिक दिएर खेलाउने गरेको छ । 


Author

थप समाचार
x