कला

केटको गुनासो : फिल्मको भन्दा सेक्स सिनको ज्यादा चर्चा

इकागज |
चैत १२, २०७७ बिहीबार ११:४० बजे

लसएन्जल्स :  केट विन्स्लेटले फिल्मी करिअरमा थुप्रै पटक सेक्सका दृश्य दिइन् । त्यो पनि हिरोहरूसँग । ‘रिडर’ मा त यस्ता दृश्यको भरमार नै थियो । तर, केटले यी फिल्ममा त्यति धेरै प्रश्न खपिनन् जति अहिले खेपिरहेकी छिन् । केटका अनुसार उनले ‘एम्मोनाइट’मा दिएको दृश्यलाई लिएर भने उनले जीवनभर नसोधिएका प्रश्नको सामना गर्नु परेको छ । 

समलिंगीको विषयमा बनेको ‘एम्मोनाइट’ मा केटले सोर्सी रोनानसँग थुप्रै अन्तरंग दृश्य दिएकी छिन् । फिल्ममा पुरातत्वविद्को भूमिकामा रहेकी उनले आफूलाई यस विषयमा कुरा गर्न अप्ठेरो नभए पनि मानिसको जिज्ञासा देखेर भने अचम्म लागेको बताएकी छिन् । 


‘दुइटा महिलाबीचको कुरा भएर पनि होला मान्छेमा यो विषयमा अनगिन्ती प्रश्न रैछन् । फिल्मको कुरा गर्यो कि मान्छे घुमिफिरी त्यही प्रश्नमा आइपुग्छन्,’ केटले भनेकी छिन् । 

केटा र केटी प्रेममा परे झैं महिला महिला पनि प्रेममा पर्न सक्ने र यसमा शर्मको कुनै कुरा नभएको पनि केटको ठम्याई छ । उनले यस्ता विषयमा फिल्ममा आउँदा यसले धेरै जनालाई समलिंगी र अन्य अल्पसंख्यकका विषयमा जानकार बनाउन पनि मद्धत गर्ने बताएकी छिन् । 
 


Author

थप समाचार
x