कला

सलमानको ‘भारत’ पछि ‘राधे’ पनि दक्षिण कोरियन फिल्मको नक्कल ?

इकागज |
चैत १३, २०७७ शुक्रबार १३:४० बजे

मुम्बई : सलमान खानको ‘राधे’लाई धेरैले संकटमोचकको रुपमा हेरिरहेका छन् । कोरोनाको महामारीका कारण वर्ष दिनदेखि बन्द रहेका हलका ढोका खुलेका छन् तर तिनमा दर्शक पसिरहेका छैनन् । अक्षयकुमारको ‘सूर्यवंशी’ र सलमानको ‘राधे’ सारा बलिउडको नजर छ । 

यो फिल्म इदको अवसर पारेर मे १३ मा रिलिज हुँदैछ । यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यो फिल्म दक्षिण कोरियन सिरिज ‘स्यान्डग्लास’बाट प्रभावित भएको रहस्य बाहिरिएको छ । तर, सन् २०१९ मा यो फिल्मको घोषणा हुँदा भने यो दक्षिण कोरियन फिल्म ‘आउटलज’बाट प्रभावित भएको बताइएको थियो । 


तीन साथीको वरीपरी घुम्ने ‘स्यान्डग्लास’मा वकिल, ग्याङस्टर र सुन्दर युवतीबीचको विषादपूर्ण सम्बन्धको कथा प्रस्तुत गरिएको थियो । २४ भागमा प्रस्तुत गरिएको यही कथालाई निर्देशक प्रभु देवाले फिल्मका लागि तयार पारेको कोइमोईले लेखेको छ । फिल्ममा रणदीप हुडा र दिशा पटानी पनि मुख्य भूमिकामा छन् ।
सलमानले यसअघि दक्षिण कोरियन फिल्म ‘ओड टु माई’को रिमेक गरेर ‘भारत’ बनाएका थिए । तर, यो फिल्म खासै रुचाइएको थिएन ।  


Author

थप समाचार
x