अटो

२०२३ मा बिवाइडीले बिक्री गर्‍यो ३० लाख बढी विद्युतीय सवारी साधन

इकागज |
पुस २०, २०८० शुक्रबार १३:३५ बजे

काठमाडौँ- बिवाइडीले २०२३ मा ३० लाख बढीको संख्यामा विद्युतिय सवारी साधनहरू विक्री गरेको छ ।

विद्युतिय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको बिवाइडीले २०२३ को अन्त्यसम्ममा ३० लाख २४ हजार ४ सय १७ विद्युतिय गाडीहरू बेचेको घोषणा गरेको छ ।


माइलस्टोनले बिवाइडी को ६१.८ प्रतिशतको वर्ष-दर-वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरूको विकासमा बिवाइडी को प्रतिबद्धतालाई पनि देखाएको दाबी गरेको छ ।

वार्षिक मापदण्डमा ४५.० प्रतिशतको वृद्धि देखाउँदै, बिवाइडीले डिसेम्बर २०२३ मा, कुल मासिक ३ लाख ४१ हजार ४३  न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको जनाएको छ । 

२०२२ मा पनि बिवाइडीले विद्युतिय गाडीको क्षेत्रमा नयाँ  रेकर्ड कायम गर्दै, १.८६ मिलियन विद्युतिय गाडीहरू बेचेको दाबी गरेको थियो । कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै बिवाइडीलाई विद्युतिय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्‍याएको हो ।

कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन विद्युतिय गाडीहरू बजारमा ल्याएको थियो । बिवाइडीको सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण भएको जनाएको छ । जसले पर्यावरण-मैत्री यातायात समाधानहरूको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्ने दाबी गरिएको छ । 

बिवाइडीको विद्युतीय गतिशीलता र कार्बन फूटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तनसँग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरूसँग समर्थन गर्ने जनाएको छ । 


Author

थप समाचार
x